Close

Recent Posts

पहिलो चरणमा पाँच जना पूर्वकर्मचारीसहित एक भारतीयको २ अर्ब सम्पत्ति जफत गर्दै सरकार

पहिलो चरणमा पाँच जना पूर्वकर्मचारीसहित एक भारतीयको २ अर्ब सम्पत्ति जफत गर्दै सरकार
  • ४ माघ २०८१, शुक्रबार १४:३१

काठमाडौं– गृह मन्त्रालयले पूर्वकर्मचारी लगायतले भ्रष्टाचार गरी आर्जन गरेको सम्पत्तिलाई सरकारका नाममा फिर्ता ल्याउने भएको छ । सर्वाेच्च अदालतबाट जफतको फैसला भएका घरजग्गा सरकारको नाममा ल्याउने प्रक्रिया अघि बढेको हो ।

mulpatra

अदालतबाट फैसला भई जफत गर्नुपर्ने घरजग्गा लामो समयदेखि कसुरदारहरूले नै प्रयोग गर्दै आएको अवस्थामा मन्त्रालयले जफत गर्ने कार्यलाई सक्रियताका साथ अघि बढाएको गृह मन्त्रालयले जनाएको छ।

पहिलो चरणमा पाँच जना पूर्वप्रशासकको काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति जफतको प्रक्रिया अघि बढाइएको हो ।

mulpatra mulpatra mulpatra

कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागका अनुसार पूर्वप्रशासक, कर्मचारी र परिवारका सदस्य, आमोनन्द मिश्र, सरस्वती ढुंगाना, मुरारीबहादुर कार्की, केशरजंग खड्का र रामात्रा चर्तुबेदीको काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेको घरजग्गा जफत गर्ने प्रक्रिया मन्त्रिपरिषदमा पुगेको हो ।

आपराधिक गतिविधिबाट एक भारतीयले नेपालमा खरिद गरेको घरजग्गा पनि जफतका लागि मन्त्रिपरिषदमा प्रस्ताप पेस भएको मन्त्रालयले जनाएको छ ।

भ्रष्टाचार गरी आर्जन गरिएका सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउने प्रस्ताव गृह मन्त्रालयबाट मन्त्रिपरिषद पठाइएको कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक सुरेश पन्थीले जानकारी दिए ।

Image Source: © https://mulpatra.com

उनका अनुसार पाँच जना पूर्वप्रशासक र आपराधिक गतिविधिबाट एक भारतीयले नेपालमा खरिद गरेको घरजग्गा जफतका लागि प्रस्ताव पठाइएको हो ।

अदालतबाट सोसम्बन्धी भएका फैसलाको लगत संकलनका लागि शाखा अधिकृतको नेतृत्वमा पाँच वटा समूह बनाएर खटाएको उनले बताए । ‘सम्पत्ति जफतसम्बन्धी विभिन्न अदालतबाट तीन हजार पाँच सय फैसला भएको हो । दुई अर्ब रूपैयाँ बराबरको सम्पत्ति जफतको तयारी छ ।’ उनले भने ।

विगतमा आपराधिक गतिविधिमा संलग्न भारतको असाम राज्यका निरञ्जन होजाइले नेपाली महिलाको नाममा काठमाडौंमा राखेको जग्गा र घर जफतका लागि गृह मन्त्रालयले अघि बढेको हो ।