Close

Recent Posts

जनताले लठीलिएर देश लुट्ने लुटरा खेदाउने दिन नजिकै आयो : प्रसाई

जनताले लठीलिएर देश लुट्ने लुटरा खेदाउने दिन नजिकै आयो : प्रसाई
  • ५ माघ २०८१, शनिबार १७:०२

झापा –राष्ट्र राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले देशमा नयाँ नेतृत्व आवश्यक रहेको बताएका छन् ।
आज झापा विर्तामोडमा भएको सभालाई सम्बोधन गदै प्रसाईले पुराना राजनीतिक दलले जनता ठग्ने र लुट्ने भन्दै केही नगरेको आरोप लगाए । विकासका नाममा ठगि मात्र गरिरहेको र अब जनताले यस्ता पार्टीलाई जरैबाट उखेलेर फ्‌लाउनुपर्ने बताए । पुराना पार्टीलाई जरैबाट उखेलेर फ्याल्नु पर्छ । नत्र देशको दुरुदसा झन बढ्छ । जनताले लठीलिएर देश लुट्ने लुटरा खेदाउने समय आयो । अब सबै जनता जुट्नुपर्छ ।’ उनले भने ।

mulpatra

झापाको विर्तामोडमा भएको कार्यक्रममा ३० हजारभन्दा बढी सर्वसाधारण भेला भएको थिए । प्रसाईले उनीमाथि भइरहेको थिचोमिचोका बारेमा आवाज उठाएर उन्मुक्ति दिने पनि बचन दिए ।
जनताका लागि लडेको मान्छे हुँ । जनताकै लागि लड्दा जति पटक जेल जान तयार रहेको पनि उनको भनाइ थियो ।
प्रसाईं गत पुष २५ गते ३ लाख धरौटीमा रिहा भएका हुन् । उनलाई गत मंसिर २८ गते विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा धरौटी बुझाएर निस्किनासाथ अदालत परिसरबाटै संगठित रूपमा आपराधिक लाभ लिएको कसुरमा प्रहरीले पुनः पक्राउ गरेको थियो ।
हिरासत मुक्त भएपछि प्रसाईले पहिलो पटक झापामा कार्यक्रम गरेका हुन् । उनका कार्यक्रममा जनताले कांग्रेस, एमाले र माओवादीलाई गाली गरेका थिए ।
मारवाडीहरुको सञ्चालन गरेका बैंकको अवस्था नाजुक रहेको र उनीहरुले बैंकसँग शेयरमा रहेको आफनो लगानी लिएर भाग्ने तयारी गरिरहेको व्यवसायीहरुले बताइरहेका छन् । प्रसाईले तीन वर्षयता देशको आर्थिक अवस्थामाथि भइरहेको विकृतिका बारेमा आवाज उठाउँदै आएका छन् ।

काठमाडौँमा उपत्यकाभित्र मात्र करिव १ लाख २५ हजार व्यापारिक सटर बन्द भएका छन् । देशभर करिब सा–ठुला गरेर २ लाख ३० हजारभन्दा बढी व्यवसाय बन्द भएको सूचना सकंलन भएको प्रसाईको दाबी छ । उनका अनुसार देशका मुख्य व्यापारिक सहरभित्रै घर, मल र ठुला डिमाप्टमेन्टहरु खाली भइरहेका छन् ।

mulpatra mulpatra mulpatra

यो संख्या बढेर वैशाखसम्म ३ लाखभन्दा बढ्ने उनको अनुमान छ । देशभित्र व्यवसाय गर्नुभन्दा व्यवसाय छाडेर विदेशी जाने सोचमा धेरै नागरिक रहेको उनको दाबी छ । जनताका समस्या मैलेभन्दा बढी अरुले कहाँ बुझेका छन् । त्यही भएर म व्यवस्था परिवर्तनका लागि लडेको उनले जानकारी दिए ।

२०७९/८० मा विदेश जाने युवाको संख्या ७ लाख ७१ हजारभन्दा बढी युवा वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्षमा अहिलेसम्मकै सबैभन्दा बढी ८ लाख ७१ हजार ३ सय २७ जना श्रमिक श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । यी श्रमिकले विदेशबाट पठाएको १५ खर्बभन्दा बढी रेमिट्यान्सले देश चलेको छ ।