Close

Recent Posts

ओली नेतृत्व सरकारले ६ महिनामा जनतालाई २५ हजार ऋणको भारी बोकायो: प्रसाई

ओली नेतृत्व सरकारले ६ महिनामा जनतालाई २५ हजार ऋणको भारी बोकायो: प्रसाई
  • ७ माघ २०८१, सोमबार १३:३४

काठमाडौं– गत पुस मसान्तसम्मको विवरण हेर्दा नेपालले १३ खर्ब १ अर्ब ४१ करोड ७३ लाख रुपैयाँ विदेशी ऋण तिर्ने बाँकी छ । यसमध्ये चालू आर्थिक वर्षको ६ महिना अर्थात् साउनदेखि पुससम्म ५९ अर्ब ३ करोड ३० लाख रुपैयाँ थप विदेशी ऋण लिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाको छ ।

mulpatra

सरकार नेतृत्वमा प्रधानमन्त्री केपी ओली आएपछि नेपालको प्रतिव्यक्ति ऋण दायित्व झण्डै २५ हजार रुपैयाँले बढेको कार्यालयकै तथ्यांकमा उल्लेख छ ।

ओली नेतृत्वको सरकार जनताको आवश्यकता र चाहना अनुसार काम गर्न नसकेर असफल भएको आरोप नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईले लगाएका छन् । उनका अनुसार विकास होइन उल्टै जनतालाई ऋण बोकाउने काममा लागेको देखियो । त्यो भन्दा ठुलो प्रगति ओली सरकारले नगरेको प्रसाईको टिप्पणी छ ।

mulpatra mulpatra mulpatra

ओली सरकारको नेतृत्वमा आएपनि प्रत्येक नेपालको काँधमा २५ हजार ऋण थपिएको सरकारी तथ्यांकले देखाएको प्रसाईले बताए । ‘ओली ६ महिना सरकारको नेतृत्व गर्दा विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउने र जनतालाई ऋण बोकाउने काममै सिमित रहेको देखियो । त्यही भएर अहिले जनताले उनलाई गाली मात्र गरिरहेका छन् ।’ उनले भने ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्ष २०७८÷७९ र २०८०÷८१ मा वैदेशिक ऋण तर्फको विनिमय बचत देखिए पनि बाँकी वर्षहरुमा भारी नोक्सानी चुकाउनु परेको हो ।

चालू आर्थिक वर्ष २०८१÷८२ को ६ महिना अर्थात् पुस मसान्त सम्ममात्रै नेपालले विनियम क्षतिबाट ११ अर्ब ६१ करोड रुपैयाँ अतिरिक्त ऋणको भार खेप्नु परेको छ । प्रधानमन्त्री केपी ओली प्रधानमन्त्री भएपछि वैदेशिक ऋण ह्वात्तै बढेका् हो ।

यस प्रकारको विनिमय क्षतिका कारण आर्थिक वर्ष २०७६÷७७ मा ७२ अर्ब १६ करोड २२ लाख २ हजार रुपैयाँ सार्वजनिक ऋण बढोत्तरी भएको थियो ।

Image Source: © https://mulpatra.com

चालू आर्थिक वर्षको ६ महिना अर्थात् साउनदेखि पुससम्म ५९ अर्ब ३ करोड ३० लाख रुपैयाँ थप विदेशी ऋण लिएको छ । तर यही अवधिमा ११ अर्ब ६१ करोड रुपैयाँ विनियम दरका कारण ऋण भार बढेको छ । यो २०७५ को जस्तै हो । त्यति बेला पनि ओली नै देशको प्रधानमन्त्री थिए । उनी प्रधामन्त्री हुँदा देशको ऋण धेरै बढ्ने गरेको छ ।