Close

Recent Posts

बैंक स्लो हुँदै गएको गभर्नरकाे दाबी, प्रसाईले भनेजस्तै अवस्थामा बैंक

बैंक स्लो हुँदै गएको गभर्नरकाे दाबी, प्रसाईले भनेजस्तै अवस्थामा बैंक
  • ८ माघ २०८१, मंगलवार १३:२४

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका सूचक समग्रमा राम्रो रहेपनि बैंकहरुको अर्थतन्त्र स्लो डाउन हुँदै गएको बताएका छन् । उनले कृषि विकास बैंकको ५८औं वार्षिकोत्सवमा अयोजित कार्यक्रममा गभर्नर अधिकारीले पछिल्लो समय बैंकको अर्थतन्त्र स्लो डाउन भइरहेको छ ।

mulpatra

बैंक ऋण नतिर्न उक्साउने अराजक गतिविधिका कारण अर्थतन्त्र केही ‘स्लो डाउन’ भएको उनले बताए । उनले पनि नागारिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाई गत साता क वर्गका ११ वटा बैंक डुब्ने अवस्थामा पुगेको बताएका थिए ।
प्रसाईले भनेजस्तै गभर्नर अधिकारीले बैंकिङ प्रणालीमा तरलता राम्रो रहेको र बैंकहरू ‘वेल क्यापिटलाइज’ रहेको दाबी गरेपनि उनले प्रसाईले भनेजस्तै यस क्षेत्रमा समस्या भएको घुमाउरो पारामा बताए ।

प्रसाईले अहिले नेपालको अर्थतन्त्रको ठुलो हिस्सा बोेकेका क वर्गका ११ वटा बैंक डुब्ने अवस्थामा पुगेका छन् । बैंकको नाम नखुलाई प्रसाईले भनेजस्तै केही क वर्गका बैंकहरु आफनो लगानी र शेयर बिक्री गरेर भाग्ने तयारीमा रहेको पनि वैकिङ क्षेत्रकै व्यक्तिहरुले बताइरहेका छन् ।

mulpatra mulpatra mulpatra

नेपालमा मारवाडीहरुको सञ्चालन गरेका बैंकको अवस्था नाजुक रहेको र उनीहरुले बैंकसँग शेयरमा रहेको आफनो लगानी लिएर भाग्ने तयारी गरिरहेको व्यवसायीहरुले बताइरहेका छन् ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले समेत प्रसाईको जस्तै बैंकमा जोखिम भएको औंल्याएका छन् । बैंकप्रति सबै जनता सचेत हुन थालेको पनि अधिकारीले बताएका थिए ।