Close

Recent Posts

प्रसाई नेतृत्व महाअभियानको भोली सिन्धुलीमा सभा, ४० हजार सहभागि हुँदै

प्रसाई नेतृत्व महाअभियानको भोली सिन्धुलीमा सभा, ४० हजार सहभागि हुँदै
  • १६ माघ २०८१, बुधबार १५:२९

काठमाडौं– नागरिक बचाउन महाअभियानले भोलि सिन्धुलिको दुधैलिमा विशाल आमसभा गर्ने भएको छ । उक्त सभालाई महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईले संम्बोधन गर्ने कार्यक्रम छ ।

mulpatra

प्रसाई नेतृत्वको महाअभियानले पछिल्लो समय देशव्यापी आमसभा गर्दैैै आएको छ । गत साता झापाको विर्तामोडमा ठुलो सभा गरेको महाअभियानले सिन्धुलीमा ठुलै सभा गर्न लागेको हो ।

सिन्धुलीको दुधैलिममा हुने सभामा कम्तिमा ४० हजार सर्वसाधारण भेला हुने आयोजकको अनुमान छ । सोही अनुसार तयारी गरिएको आयोजकको भनाइ छ ।

mulpatra mulpatra mulpatra

२०४७ सालको संविधान लागू गर्नुपर्ने, हिन्दु राष्ट्र कायम गर्नुपर्ने, कर्मचारी र तल्लो तहका सुरक्षाकर्मीहरुको मासिक तलब व्यवस्थापन, हिन्दु राष्ट्र, आर्थिक समस्या र समाधानको माग राखी प्रसाईले कार्यक्रम गर्दै आएका छन् ।

लघुवित्त आंतक, बैंकको समस्या, आर्थिक संकटका कारण आत्महत्या गर्नुपर्ने अवस्था, बैंक तथा वित्तीय संस्थाको चर्को व्याजको अन्त्य हुनुपर्ने लगायतका एजेण्डा प्रसाईका छन् । यीनै एजेण्डालाई अहिले जनताले रुचाएका छन् ।

साथै, प्रसाईले उच्च शिक्षा हासिल गर्न विदेश जानेहरुलाई नेपालमै शिक्षाको व्यवस्था, बेरोजगार युवाहरुलाई विना धितो ऋण उपलब्ध गराई रोजगारी सिर्जना गर्नुपर्ने विषयमा जोडदार आवाज उठाउँदै आएका छन् ।

Image Source: © https://mulpatra.com