Close

Recent Posts

सभामुखलाई भेटेर रविले बुझाए निलम्बन फुकुवा गर्न माग

सभामुखलाई भेटेर रविले बुझाए निलम्बन फुकुवा गर्न माग
  • १८ माघ २०८१, शुक्रबार १२:३३

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेका छन् । संसद सचिवालय पुगेका लामिछानेले समाभुख घिमिरेलाई भेटेर सांसद पद निलम्बन फुकुवाको निवेदन बुझाएका हुन् ।

mulpatra

उनले निलम्बन गैरकानूनी र प्रतिनिधि सभा नियमावली विपरीत रहेको दाबीसहित फुकुवाका लागि आग्रह गरेको सभापति लामिछानेको सचिवालयले जनाएको छ । सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि लामिछानेको सांसद पद पुस ८ गते संसद सचिवालयले निलम्बन गरेको थियो ।

राजनीतिक प्रतिशोध राखेर सांसद पद निलम्बन गरेको भन्दै रास्वपाले आज बस्ने प्रतिनिधिसभाको बैठकमा विरोध जनाउने यसअघि नै निर्णय गरिसकेको छ ।

mulpatra mulpatra mulpatra