बोलचालै नभएका प्रचण्डलाई प्रधानमन्त्री ओलीले संसद्मा सम्बोधन गर्नुअघि डायरी दिए

बोलचालै नभएका प्रचण्डलाई प्रधानमन्त्री ओलीले संसद्मा सम्बोधन गर्नुअघि डायरी दिए
  • १८ माघ २०८१, शुक्रबार १४:४१

काठमाडौं– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद बैठकलाई सम्बोधन गर्नुअघि प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एउटा डायरी दिए ।

mulpatra

’प्रचण्डले के छ यहाँ ?’ भनेर प्रश्न गरे । अनि राख्नुस् न’ भन्दै ओली पोडियमतिर गए । प्रचण्डले डायरी आफूतिर तानेर राखे ।

गएको असार १७ गते मध्यराति आफैले साथ दिएको प्रचण्ड नेतृत्वको सरकार ढाल्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग ओलीले समझदारी गरेका थिए ।

कांग्रेसको साथ लिएर ओली असार ३० गते प्रधानमन्त्री बने। त्यसयता प्रचण्डसँग उनको सम्बन्ध सुमधुर छैन। तर, संसद बैठकमा ओलीले दिएको डायरीमा के लेखिएको छ भन्ने चासो छ ।