Close

Recent Posts

थाइल्याण्डविरूद्ध ब्याटिङमा उत्रियो नेपाल

थाइल्याण्डविरूद्ध ब्याटिङमा उत्रियो नेपाल
  • १९ माघ २०८१, शनिबार १३:००

अन्तर्राष्ट्रिय महिला टी-२० को आजको खेल थाइल्याण्ड र नेपालका विच भइरहेको छ । टस जितेको नेपालले इन्दु बर्माको कप्तानीमा पहिले ब्याटिङ गर्ने भएको छ ।

mulpatra


किर्तीपूरस्थित त्रिवि मैदानमा जारी आजको खेल त्रिकोणात्मक सिरिजको दोश्रो खेल हो । पहिलो खेलमा नेपाल शुक्रबार नेदरल्याण्ड्ससँग पराजित भएको थियो। खेल सवा १२ बजेदेखि सुरु भएको छ ।


नारुमोल चाइवाईको कप्तानीमा खेलिरहेको थाइल्याण्डले शुक्रबार नेदरल्याण्डलाई ८ विकेटले जितेको थियो ।

mulpatra mulpatra mulpatra


नेपालका तर्फबाट कप्तान सहित कविता कुँवर, राजमती ऐरी, अलिसाकुमारी यादव, सीता राना मगर, विन्दू रावल, ममताकुमारी चौधरी, कविता जोशी, रोमा थापा, इश्वरी विष्ट, सम्झनाकुमारी खड्का, पूजा महतो, रुविना क्षेत्री बेल्वासे, मनिषा उपाध्याय, रेवती धामी रहेका छन ।