४ विकेटले नेपाल थाइल्यान्डसित पराजित

काठमाडौं । अन्तर्राष्ट्रिय महिला टी-२० को आज भएको थाइल्याण्ड र नेपालका विच को क्रिकेटमा नेपाल पराजित भएको छ । टस जितेर व्याटिङ रोजेको नेपाल थाइल्याण्डसँग ४ विकेटले पराजित बनेको हो ।
किर्तीपूरस्थित त्रिवि मैदानमा आजको खेल त्रिकोणात्मक सिरिजको दोश्रो खेल हो । पहिलो खेलमा नेपाल शुक्रबार नेदरल्याण्ड्ससँग पराजित भएको थियो। नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो
नारुमोल चाइवाईको कप्तानीमा खेलिरहेको थाइल्याण्डले शुक्रबार नेदरल्याण्डलाई ८ विकेटले जितेको थियो ।
टस जितेर व्याटिङ रोजेको नेपालले १ सय १ रन बनाएको थियो । १ सय २ रनको लक्ष्यमा खेलेको थाइल्याण्डले १९ ओभरमा ६ विकेटको क्षतिमा पुरा गरेको थियो । नेपालले २० ओभर खेल्दा ९ विकेट गुमाएको थियो ।
नेपालका निम्ति कविता कुँवरले २५ रन बनाइन् । उनले ३२ बल खेल्ने क्रममा दुई चौका समेत प्रहार गरिन् । विन्दु रावलले पनि २५ रन बनाइन् । उनले २५ बलमा तीन चौका हानिन् । कप्तान इन्दु वर्माले १५ रन बनाइन् ।
थाइल्यान्डका निम्ति नान्नापत खोन्चरोएन्कले अविजित ६० रनको योगदान गरिन् । उनले ५८ बल खेल्दै ६ चौका प्रहार गरिन् । सुवानान खियाओतोले १४ र कप्तान नारुइमोल चाइवाईले १३ रन बनाइन् ।