Close

Recent Posts

माओवादी र एकीकृत समाजवादीबीचको एकता प्रक्रियालाई सहज बनाउने–प्रचण्ड

माओवादी र एकीकृत समाजवादीबीचको एकता प्रक्रियालाई सहज बनाउने–प्रचण्ड
  • १९ माघ २०८१, शनिबार १७:२४

काठमाडौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा माओवादी पहिलो पार्टी हुने आधार बढ्दै गएको बताएका छन् । नेकपा माओवादी केन्द्र चितवनले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी केन्द्रको पक्षमा ध्रुवीकरणको नयाँ लहर सुरु भएको बताएका हुन्।

mulpatra

एकीकृत समाजवादीका नेताहरुलाई पार्टी प्रवेश गराएका प्रचण्डले देशलाई मायाँ गर्ने र परिवर्तनलाई संस्थागत गर्ने अभियानमा माओवादी प्रति जनतामा नयाँ आशा पलाएको बताएका छन् ।

आफूले १८ महिना सरकारमा रहेर नयाँ अभियानको थालनी गरेकाले यसबाट डराएकाहरूले सरकारबाट हटाएको जनताले प्रष्टरुपमा बुझिसकेको उल्लेख गर्दै उनले पार्टीको तर्फबाट पनि यसबीचमा भएका कमजोरीको आत्मसमीक्षा गर्दै रुपान्तरणको थालनी गरिएको बताए ।

mulpatra mulpatra mulpatra

समाजवादी मोर्चाले माओवादी र एकीकृत समाजवादीबीचको एकता प्रक्रियालाई सहज बनाउने धारणा राख्दै एकीकृत समाजवादीका नेता कृष्णराज न्यौपानेको नेतृत्वमा एक समूहलाई पार्टी प्रवेश गराइको थियो ।