Close

Recent Posts

भक्तपुरमा बेलायती राजकुमार एडवर्डले कुँदे काठ

भक्तपुरमा बेलायती राजकुमार एडवर्डले कुँदे काठ
  • २३ माघ २०८१, बुधबार १३:०३

काठमाडौं– नेपाल भ्रमणमा आएका बेलायती राजकुमार एडवर्डले भक्तपुर क्षेत्रको अवलोकन गरेका छन् । सो क्रममा उनी नेपाली परम्परागत काष्ठकलाको काममा पनि संलग्न भएका छन् । उनले हथौडा र छिनो प्रयोग गरेर केहीबेर काठमा बुट्टा कुँद्ने काम समेत गरेका थिए ।

नवदूर्गा परिसरको नमूना घरमा उनले काठमा बुट्टा कुँदेका थिए । उनलाई सम्पदा संरक्षणविद एवम् आर्किटेक्ट रविन्द्र पुरीले भक्तपुर घुमाएका थिए । उनले कमलविनायकमा सञ्चालन गरेको नेपाल नेपाल भोकेसनल एकेडेमीमा राजकुमार एडवर्डलाई घुमाएका थिए ।

त्यहाँ केही युवाहरुले काष्ठकलाका काम गरिरहेका थिए । त्यसबारे एडवर्डले बुट्टा कसरी बनाउने भनेर सोधेका थिए । त्यसपछि एक युवकले आफूले बुट्टा कुँदेर देखाएपछि राजकुमार एडवर्डले पनि आफैंले छिनो र हथौडा चलाएर केहीबेर बुट्टा कुँदेका थिए ।

पत्नी सोफीसहित भक्तपुर दरबार क्षेत्र अवलोकनमा गएका उनले त्यहाँका परम्परागत कला र सँस्कृतिको चाखपूर्वक अवलोकन गरेका थिए ।