गृह, स्वास्थ र अर्थ बाहेक मन्त्रालय रोज्न जसपालाई भनेपछि प्रदेशको मुख्यमन्त्रीमा उपेन्द्रको दाउ
काठमाडौं । जसरी पनि अध्यादेश पारित गर्ने वाध्यतामा रहेको एमाले नेतृत्वको सरकारलाई उपेन्द्रलाई मनाउन हम्मे हम्मे परेको छ ।

जनता समाजवादी पार्टीको समर्थनमा सरकारले सदनमा पेश गरेका अध्यादेश स्वीकृत हुने नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बताइरहँदा भित्र कुरा मिलिनसकेको बुझिएको छ ।
प्रतिनिधि सभा र राष्ट्रिय सभाको बिहीबारको बैठकमा अध्यादेश निर्णयार्थ पेस गर्ने तयारी छ।
![]() |
![]() |
![]() |
|---|
कांग्रेसले अध्यादेश पारित हुने बताइरहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उपप्रधानसहित गृह अथवा स्वास्थ्य मन्त्रालय मागेको खुलेको छ ।
यदि दुबै मन्त्रालय दिन नसक्ने हो भने मधेश प्रदेशको मुख्य मन्त्री र संघमा २ मन्त्रालय दिनु पर्ने अडानमा यादव रहेको श्रोतले बताएको छ ।
नेपाली कांग्रेसको भागमा परेको स्वास्थ्य र गृह मन्त्रालय दुबै दिन कांग्रेस तयार नभएकाले अध्यादेशमा जसपाले के गर्छ भन्ने टुंगो लागि नसकेको जसपाका एक नेताले बताए ।
त्यही भएर स्वास्थ्य, गृह र अर्थ बाहेक मन्त्रालय रोज्न जसपालाई भनेपनि मुख्यमन्त्रीमा उपेन्द्रले दाउ हेरेका छन् ।
स्वास्थ्य मन्त्रालयको नेतृत्व गरिरहेका प्रदिप पौडेलको राम्रो नतिजा आइरहेको र जनसरोकारका विषय भएकाले कांग्रेस स्वास्थ्य मन्त्रालय दिन तयार नभएको बुझिएको छ । गृह मन्त्रालय झन तत्काल छोड्ने मनस्थितिमा कांग्रेस छैन ।
Image Source: © https://mulpatra.com
बुधबार जसपाका नेताहरुले विज्ञहरुसँगको छलफल पछि अध्यादेशमा फरक धारणा आउन सक्ने बताएका थिए । जसपालाई जसरी पनि फकाउने पर्ने वाध्यतामा रहेको एमाले कांग्रेस सरकार मधेशको मुख्य मन्त्री दिएरै भएपनि फकाउने तयारीमा रहेको कांग्रेसका एक नेताले बताएका छन् ।



