जसपाको ग्रिन सिग्नल नपाएपछि अध्यादेश निर्णयार्थ पेश भएन
काठमाडौं । जसरी पनि अध्यादेश पारित गर्ने वाध्यतामा रहेको एमाले कांगेस सरकार उपेन्द्रलाई मनाउन नसकेपछि आज अध्यादेश निर्णयार्थ पेश गर्नबाट पछि हटेको छ ।

जनता समाजवादी पार्टीको समर्थनमा सरकारले सदनमा पेश गरेका अध्यादेश स्वीकृत हुने नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बताएका थिए
कांग्रेसले अध्यादेश पारित हुने बताइरहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उपप्रधानसहित गृह अथवा स्वास्थ्य मन्त्रालय वा मधेशको मुख्यमन्त्री माग गरेको खुलेको थियो ।
![]() |
![]() |
![]() |
|---|
जसपाको माग तत्कालका लागि दिन नसक्ने भएपछि पुन छलफल आवश्यक भन्दै अध्यादेश निर्णयार्थ पेश नभएको बुझिएको छ ।
सरकारले गत माघ १८ गते प्रतिनिधि सभा र राष्ट्रिय सभामा ६ वटा अध्यादेश पेस गरेको थियो। ती अध्यादेश अस्वीकृत गर्न प्रतिनिधि सभामा प्रतिपक्षी दलका सांसदहरूले ५० र राष्ट्रिय सभामा १६ वटा अस्वीकृत प्रस्ताव दर्ता गरेका थिए।
कानुन मन्त्री अजय चौरसियाले सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललाई भेटेर अध्यादेश निर्णयार्थ पेस गर्ने कार्यसूची बिहीबारका लागि नराख्न आग्रह गरेका थिए।
Image Source: © https://mulpatra.com
अध्यादेशका स्वीकार गर्न लागि प्रतिनिधि सभामा कांग्रेस र एमालेको मात्रै पनि बहुमत पुग्छ। तर राष्ट्रिय सभामा सत्ता पक्षलाई उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका ३ सांसदको साथ चाहिन्छ।
आजै जसपाको साथ नपाउने भएपछि सरकारले अध्यादेश निर्णयार्थ पेस गर्ने समय सार्न दुवै सदनलाई आग्रह गरेको छ।



