प्रसाईले उठाएको कम्बोडियामा प्रधानमन्त्रीको लगानीमा छानबिन गर्न प्रचण्डको माग

प्रसाईले उठाएको कम्बोडियामा प्रधानमन्त्रीको लगानीमा छानबिन गर्न प्रचण्डको माग
  • २४ माघ २०८१, बिहीबार १५:४५

काठमाडौंनागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी भएको आरोप दुई महिनाअघि नै लगाएका थिए । उनले विभिन्न प्रमाणहरु आफूसँग सुरक्षित रहेको भन्दै ओलीको कम्बोडियामा लगानी भएको बताएका थिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि बिहीबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै यस विषयमा छानबिन हुनुपर्ने माग गरेका छन् । उनले ओलीमाथि यस विषयमा छानबिन गर्न पनि आग्रह गरेका छन् । ओलीले अहिले सत्ताको आडमा जनता फसाउन समेत ओली लागेको उनको आरोप थियो ।

प्रसाईले कम्बोडियामा रहेको टेलिकम एग्जियाटा कम्पनीमा प्रधानमन्त्री ओलीको २३ करोड अमेरिकी डलर लगानी रहेको कागजात रहेकोसमेत प्रसाईको सचिवालयले जनाएको छ ।

अर्थात् नेपाली मूल्य आजको मितिमा ३० अर्ब ९९ करोड (एक डलर बराबर १३४ रुपैयाँ ७४ पैसा) भन्दा बढी हुन्छ । त्यत्रो पैसा कहाँबाट आयो भनी प्रश्नसमेत उठाइएको छ ।

सन् २०१९ को मे १४ मा प्रधानमन्त्री हुँदा ओली कम्बोडिया बिजनेश फोरममा सहभागी हुन पुगेका थिए । यस मुद्दामा छानबिन नगरी ओलीले प्रसाईलाई सत्ताको दुरुपयोग गरी दुई महिना प्रहरी हिरासतमा राखेका थिए ।