काठमाडौं महानगरको डोजर टेकुको कबाडी गोदाममा, ३ मजदुरमाथि हातपात
काठमाडौं– टेकुमा रहेको एक कबाड गोदाममा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । गोदाम भत्काउन पुगेका महानगर प्रहरीको टोलीसँग मजदुरहरूको झडपसमेत भएको छ ।

सो क्रममा केही मजदुर घाइते भएका छन् । व्यवसायीहरूका अनुसार ३ जना घाइते भएको र उनीहरूलाई उपचारका लागि ट्रमा सेन्टर पु¥याइएको छ । कबाडी व्यवसायीहरूले आफूहरूलाई गरिखान दिनुपर्ने भन्दै निरन्तर महानगरको कदमको विरोध गर्दै आएका छन् ।
