Close

Recent Posts

बैंकले घटाए, ९ वटाले मात्रै बढाए, सवारी साधान खरिद

बैंकले घटाए, ९ वटाले मात्रै बढाए, सवारी साधान खरिद
  • २७ माघ २०८१, आईतवार १७:०४

काठमाडौं– बैंक तथा वित्तीय संस्थाहरुले सवारी साधान खरिद प्रयोजनका लागि प्रवाह गर्न कर्जा दबाबमै देखिएको छ । पछिल्लो समय अधिकांश क्षेत्रबाट कर्जाको माग बढ्दै गएको देखिन्छ । तर, सवारी साधान खरिदमा जाने कर्जा भने तुलनात्मक रुपमा सुस्त छ ।

mulpatra

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाले कुल १ खर्ब २८ अर्ब ८० करोड ७२ लाख रुपैयाँ सवारी कर्जा प्रवाह गरेका छन् । तर, यो गत आवको सोही अवधिको तुलनामा भने १.०४ प्रतिशत मात्रै बढी हो । गत वर्षको पहिलो ६ महिनासम्ममा पनि बैंकहरुले १ खर्ब २७ अर्ब ४६ करोड ९८ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

चालु आवको ६ महिनामा बैंक तथा वित्तीय संस्थाहरुले व्यवसायिक प्रयोजनका सवारी खरिदमा ८६ अर्ब ७८ करोड १८ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यद्यपि, यो गत आवको तुलनामा ५.१९ प्रतिशत कमी हो । तर, निजी प्रयोजनको सवारी खरिदमा प्रवाह हुने कर्जा भने १६.९७ प्रतिशत बढेको छ ।

mulpatra mulpatra mulpatra

गत वर्षको पुस मसान्तसम्म यस्तो कर्जा ३५ अर्ब ९२ करोड ८२ लाख रुपैयाँ प्रवाह भएको थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने बढेर ४२ अर्ब २ करोड ५४ लाख रुपैयाँ कायम भएको छ । व्यक्तिगत प्रयोजनका सवारीमा आम मानिसहरुको आकर्षण बढ्दो देखिन्छ । बैंकबाट ऋण लिएर सवारी खरिद गर्नेहरुको संख्या बढ्न थालेको हो । गत साउनदेखि पुस मसान्तसम्म आइपुग्दा भने सवारी खरिदका लागि बैंकबाट ४ अर्ब ७० करोड ४७ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुले प्रवाह गर्ने सवारी कर्जा २.३९ प्रतिशत बढेको देखिन्छ । गत वर्षको तुलनामा बैंकहरुले थप ३ अर्ब ६१ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

गत पुस मसान्तसम्म आइपुग्दा २० वटा वाणिज्य बैंकहरुले कुल १ खर्ब १२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । तर, अधिकांश बैंकहरुले यस्तो शीर्षकको कर्जा घटाएका छन् । ११ वटा बैंकहरुले प्रवाह गर्ने सवारी कर्जा घटेको देखिन्छ । ९ वटाले मात्रै बढाएका छन् ।

Image Source: © https://mulpatra.com

एनआइसी एशिया, स्ट्याण्डर्ड चार्टर्ड, लक्ष्मी सनराइज, कुमारी, माछापुच्छ्रे, प्रभू, हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा, सिद्धार्थ र प्राइम बैंकले सवारी कर्जा घटाएका हुन् । यी बाहेकका बैंकहरुले भने दोहोरो अंकमा बढाएका छन् ।

सवारी कर्जा राष्ट्रिय वाणिज्य बैंकले ५८.९५ प्रतिशत बढाएको छ । यस्तै, नेपाल बैंकको पनि ३७.९४ प्रतिशत, सानिमाको २९.३५ प्रतिशत, कृषि विकासको २९.३४ प्रतिशत, नबिलको २५.६४ प्रतिशत, नेपाल एसबिआईको २५.४७ प्रतिशत वृद्धि भएको छ।
यता, ग्लोबल आइएमईको पनि १६.३३ प्रतिशत, एभरेष्टको १३.७१ प्रतिशत, एनएमबिको १२.०७ प्रतिशत बढेको देखिन्छ ।