गुणस्तरीय ल्याब परिक्षण, चिकित्साजन्य र संक्रमणजन्य फोहोर व्यवस्थापन तालिम

गुणस्तरीय ल्याब परिक्षण, चिकित्साजन्य र संक्रमणजन्य फोहोर व्यवस्थापन तालिम
  • २८ माघ २०८१, सोमबार १०:१३

काठमाडौं – नेपाल मेडिकल व्यवसायी संघले दोश्रो ब्याचको एक दिने अभिमुखिकरण तालिम सञ्चालन गरेको छ । आइतवार संघले दोश्रो पटक गौशाला, चावहिल, बानेश्वर र ललितपुर क्षेत्रबाट वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परिक्षण गर्ने स्वास्थ्य सस्थाहरुमा कार्यरत ल्याबका कर्मचारी र सस्थाका सञ्चालक १÷१ जनालाई तालिम दिएको हो । एक महिना अघि
संघले पहिलो पटक सामाखुशी, गङगबु, चक्रपथ क्षेत्रमा तालिम सञ्चालन गरेको थियो ।

७५ जना स्वास्थ्य व्यवसासइलाई गुणस्तरीय ल्याब परिक्षण तथा चिकित्साजन्य÷ संक्रमणजन्य फोहोर ब्यवस्थापन सम्बन्धी १ दिने अभिमुखिकरण तालिम दिएको संघका महासचिव कृष्णा बाजगाईले जानकारी दिए । गुणस्तरीय स्वास्थ्य सेवा प्रावाहको सुनिश्चितताको लागि संघ सदैब लागि रहने तथा यस क्षेत्रमा भएका ब्यतिथिको अन्त्यको पहल गर्ने उनको भनाइ छ ।

संघका अनुसार प्रशिक्षकको रुपमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट सुशील पन्डितले रि–एजेन्ट÷ किट्स्को प्रयोग तथा फाईदा, प्रदेश जनस्वास्थ्य प्रयोगशाला धुलिखेलबाट शंकर शाहीले ल्याब परिक्षणमा क्वालिटी कन्ट्रोल कसरी गर्ने , फोहोर ब्यवस्थापन सम्बन्धी प्रशिक्षक प्रकाश ठाकुर र ल्याब मेसिन उपकरणको क्यालिब्रेसन सम्बन्धी बयोमेडिकल ई पन्कज कुमार झाले तालिम सञ्चालन गरेका थिए ।

आगामी दिनमा यस्तो तालिम उपत्यकासहित सबै प्रदेशमा सञ्चालन हुने । आइतवार आजको कार्यक्रममा प्राबिधिक तथा आर्थिक सहयोग एसियन ग्लोबल ट्रेडिङ प्रा.लि.को सहयोगमा सम्पन्न भएको थियोे ।