बैंकहरुको ऋण लगानी दुई खर्ब ६५ अर्ब, कुन क्षेत्रमा कति ?

बैंकहरुको ऋण लगानी दुई खर्ब ६५ अर्ब, कुन क्षेत्रमा कति ?
  • २८ माघ २०८१, सोमबार १०:३२

काठमाडौं– चालु आर्थिक वर्षको ६ महिनामा बैंक तथा वित्तीय संस्थाले २ खर्ब ६५ अर्ब ५६ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा जाने कर्जा ५.२ प्रतिशतले बढेको हो ।

mulpatra

गत वर्ष ६ महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लगानी ४ प्रतिशतले वृद्धि भएको थियो। पहिलो ६ महिनामा १ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो।

वार्षिक बिन्दुगत आधारमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.० प्रतिशतले बढेको छ। निजी क्षेत्रतर्फ वाणिज्य बैंकहरुबाट जाने कर्जा ५.३, विकास बैंकहरुको ४.४ र वित्त कम्पनीहरुको कर्जा प्रवाह ५.३ प्रतिशतले बढेको छ

mulpatra mulpatra mulpatra

बैंक तथा वित्तीय संस्थाको लगानीमध्ये चालु सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु)को सुरक्षणमा १४.५ प्रतिशत र घरजग्गा धितो सुरक्षणमा ६४.९ प्रतिशत ऋण दिइएको हो।

औद्योगिक उत्पादनतर्फ ८.४, निर्माणमा ७.७, यातायात, संचार तथा सार्वजनिक सेवामा ५.७ प्रतिशत, सेवा उद्योगमा ५.७, उपभोग्यतर्फ ५.८, थोक तथा खुद्रा व्यापारमा ४.८ र कृषि क्षेत्रमा ०.०२ प्रतिशतले कर्जा लगानी बढेको छ।

आवधिक कर्जा ३.१, सेयर धितो कर्जा २६.३, आयात कर्जा ५६.६, हायर पर्चेज कर्जा ३.८, नगद प्रवाह कर्जा ४.७ र रियल इस्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ३.२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।

Image Source: © https://mulpatra.com