फागुन १ मा प्रधानमन्त्रीकै निर्वाचन क्षेत्रमा प्रसाईको शक्ति प्रदर्शन, दुई छिमेकी देशको चासो

फागुन १ मा प्रधानमन्त्रीकै निर्वाचन क्षेत्रमा प्रसाईको शक्ति प्रदर्शन, दुई छिमेकी देशको चासो
  • २८ माघ २०८१, सोमबार १२:४३

काठमाडौं– नागरिक बचाउ महाअभियानले प्रधानमन्त्री केपी ओलीको मुख्य निर्वाचन क्षेत्र झापा–५ को दमकमा व्यवस्था बदल्न शक्ति प्रदर्शन गर्ने भएको छ । महाअभियान फागुन १ गते दमकमा एक लाखभन्दा बढी जनताका साथ शक्ति प्रदर्शनको व्यापक तयारीमा जुटेको जनाएको छ ।

महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईले प्रधानमन्त्री ओलीकै निर्वाचन क्षेत्रमा गर्न लागेको शक्ति प्रदर्शनलाई भारत र चीनले चासोका साथ हेर्ने राजनीतिक जानकारहरु बताउँछन् । उनीहरुका अनुसार पछिल्लो समय भारत र चीनले नै नेपालका राजनीतिक दलप्रति विश्वास गर्न छाडेका छन् ।

नेपालमा प्रसाईले उठाएका जनआजावमा जनताको विश्वास बढ्न थालेपछि भारतसँगै चीनले समेत प्रसाईका बारेमा चासो दिन थालेको छ । त्यही भएर पनि फागनु १ गते झापामा हुने शक्ति प्रदर्शनलाई भारत र चीनजस्ता शक्ति राष्ट्रले चासोका साथ हेर्ने राजनीतिक जानकारीहरुमा बुझाइ छ ।

हिन्दू राष्ट्र, राजसंस्था स्थापना, बैंक तथा वित्तिय संस्थाको नियन्त्रण लगायतका माग राख्दै प्रसाईले दुई वर्षयता शक्ति प्रदर्शन गर्दै आएका छन् । उनले नेतृत्व गरेको नागरिक बचाउ महाअभियानमा ३४ लाखभन्दा बढी नागरिक जोडिएको प्रसाईको सचिवलयले जनाएको छ ।

पहिलो चरणमा मेची र कोशीमा मात्र शक्ति प्रदर्शन हुँदैछ । अन्य अञ्चलमा विस्तारै शक्ति प्रदर्शन गर्दै जाने प्रसाईले मूलपत्रलाई जानकारी दिए । उनका अनुुसार अब मार्गचित्र नबदले देश बच्न र बन्न गाह्रो हुन्छ । यसका लागि सबै देशप्रेमी नेपाल जाग्नुपर्ने उनको आग्रह छ ।

गणतन्त्र, धर्म निरपेक्षता र संघीयताको अनावश्यक भारी बोकेर देश नबन्ने उनले बताए । ‘नेपालमा व्यवस्था बदल्नुपर्ने आवश्यक छ । यसका लागि आफनो महाअभियानलाई सहयोग गर्न सबैलाई आग्रह गर्छु । परिवर्तन गर्न जनता जाग्नु पर्ने बेला हो यो । त्यही आउनुहोस मेरो महाअभियानमा साथ–साथै अघि बढौं।’ उनले भने ।

दुई वर्षअघि पूर्वराजा ज्ञानेन्द्र शाहलाई झापामै लागेर प्रसाईले यो महाअभियान सुरु गरेका थिए । उनको यो अभियानलाई राजावादी तथा हिन्दू राष्ट्र नेपालका पक्षधरसहित सबै राजनीतिक दलका नेताकर्याकता सहभागि हुन थालेका छन् ।
साथै राप्रपाका तल्लो तहका कार्यकर्ताहरुपनि प्रसाईको महाअभियानमा जोडिन थालेका छन् । प्रसाईको महाअभियान पछिल्लो समय सबै राजनीतिक दलका लागि चुनौती बन्न थालेको छ ।

प्रसाईले सोही एजेण्डा लिएर झापाबाट मेची महाकाली महाअभियान सञ्चालन गर्दै कञ्चनपुरसम्म अभियान सञ्चालन गरेका थिए । उनको महाअभियानलाई अवरोध गर्न सबैभन्दा बढी एमाले लागि परेको छ ।

प्रसाईले फागुन १ गतेलाई युगान्तर अथवा व्यवस्था बदल्ने दिनका रुपमा मनाउन थालेका छन् । प्रसाईं नेतृत्वको ‘नागरिक बचाउ अभियान’ ले फागुन १ लाई भ्रष्ट बिचौलिया र तस्करहरूको नाङ्गेझार गर्ने जनाएका छन् । महाअभियान’ ले वर्षको फागुन १ मा काठमाडौँको भृकुटीमण्डपमा शक्ति प्रदर्शन गरेको थियो ।