प्रचण्डको आरोप: प्रधानमन्त्री ओली संविधान खारेज गर्न चाहन्छन्

प्रचण्डको आरोप: प्रधानमन्त्री ओली संविधान खारेज गर्न चाहन्छन्
  • २८ माघ २०८१, सोमबार १३:१६

जनकपुर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको बताएका छन् ।

जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले परिवर्तन र संविधान नै खारेज गर्न चाहेको बताएका हुन् । ‘हामीले धेरैपटक भनिनै सकेका छौं । उहाँले त आन्दोलन परिवर्तन सबै बर्बाद होस्, संविधान नै खारेज गर्न चाहने हो नि त हाम्रो अहिलेको प्रधानमन्त्री त ।’

अध्यक्ष प्रचण्डले यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि त्यही भएको दाबी गरे । उनले आफूले मधेशी जनताको माग बमोजिम दुईपटक संविधान संशोधनको प्रस्ताव लैजाँदा रोक्ने पनि वर्तमान प्रधानमन्त्री ओली नै भएको बताए । ‘मैले मधेशी जनताका लागि दुईपटक संसदमा संविधान संशोधनको प्रस्ताव लगेको हो । तर, केपी ओली त्यस्ता नेता हुन् जसले रोके’, उनले भने ।

प्रचण्डले जनता समाजवादी पार्टी नेपाल मन्त्री र सरकारको लोभमा अध्यादेशको पक्षमा नजाने र अध्यादेश स्वीकृत नहुने दाबी समेत गरे ।