आजबाट समापन भयो स्वस्थानी र माधवनारायण व्रत
काठमाडौं– स्वस्थानी र माधवनारायण व्रत आजबाट समाप्त भएको छ । काठमाडौंको शालीनदी र हनुमानघाटस्थित त्रिवेणीधाममा आज व्रतालुहरुले स्नान एवम् पूजा गरी विधिपूर्वक व्रत समापन गरेका छन् ।

पुुस शुक्ल पूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म स्वस्थानी र माधवनारायण व्रत हुने गर्दछ । आज अन्तिम दिन व्रत समाप्त गर्नेहरुको शाली नदी, गौरीघाट, हनुमानघाटमा घुइँचो छ । नदी, तलाउ आदि क्षेत्रमा जान नसक्नेहरुले घरमै पूजापाठ गरी व्रत समाप्त गरेका छन् ।
आजदेखि स्वस्थानी कथा सुन्ने र सुनाउने काम पनि सकिएको छ । स्कन्द पुराण अन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने चलन छ ।
![]() |
![]() |
![]() |
|---|
व्रतालुले आज १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता, विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाइ व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिने गर्दछन् ।
माघ महिनामा विष्णु भगवानलाई माधव नारायणको रुपमा पुकारिने भएकाले स्वस्थानीसँगै माधव नारायणको पनि व्रत, पूजा र उपासना गरिन्छ । स्वस्थानीका व्रतालुले माधव नारायणको पनि पूजा गरेमात्रै मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ ।
खासगरी स्वस्थानीका व्रतालु महिलाहरु र माधव नारायणका व्रतालु पुरुष हुने गर्दछन् । भक्तपुरको हनुमानघाट र साँखुको शालीनदीस्थित माधव नारायण मन्दिरमा कठोरपूजामा आज विशेषतः केटा मानिसहरु व्रत बस्ने र पल्टिमार्दै करीब दुई किलोमिटरसम्मको धार्मिक यात्रा पूरा गर्नुपर्ने कठोर क्रियाकलाप हुने गर्दछ ।
Image Source: © https://mulpatra.com
त्यस्तै क्रियाकलाप आज माघ शुक्लपूर्णिमाको दिन पनि देखिएको छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



