प्रकाश र स्वस्तिको वसन्त टिजर सार्वजनिक

प्रकाश र स्वस्तिको वसन्त टिजर सार्वजनिक
  • ३० माघ २०८१, बुधबार १३:४३

काठमाडौं– अभिनेता प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक भएको छ । टिजरलाई ‘मिलनको कविता’ नाम दिइएको छ ।

फिल्मको शीर्ष भूमिकामा सपुत र अभिनेत्री स्वस्तिमा खड्का देखिएका छन् । निर्माताले यसलाई ‘भ्यालेन्टाइन्स डे विशेष कविता’ भनेको छ । प्रणय दिवसको मुड जगाउन यो टिजर प्रभावकारी हुने आशा निर्माताको छ ।

चैत २२ गते चैतेदशैंको सन्दर्भमा रिलिज तयारीमा छ । फिल्ममा प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्कबहादुर पुन, अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरेको अभिनय छ । युवकले युवतीलाई फकाउन कविता पढिरहेको सन्दर्भमा टिजर बनेको छ ।विपन्न दलित परिवारको छोराको लेखक बन्ने सपना र त्यो लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा यसमा छ ।

बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा छायांकन गरिएको छ । गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा फिल्मको पटकथा र संगीत पनि सपुतले तयार पारेका हुन् । निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा छन् । कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र वीरेन्द्रनारायण श्रेष्ठ छन् ।