युवा संघको महाधिवेशन वैशाख अन्तिममा

युवा संघको महाधिवेशन वैशाख अन्तिममा
  • ३० माघ २०८१, बुधबार १४:५७

काठमाडौं– नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले १०औँ राष्ट्रिय महाधिवेशन आगामी वैशाख अन्तिममा गर्ने भएको छ । युवा संघका महासचिव सुमन पुरीले बुधवार मातहतका जिल्ला कमिटीलाई सर्कुलर पठाउँदै महाधिवेशनबारे जानकारी गराएका हुन् ।

mulpatra

सङ्गठनको ९औँ महाधिवेशन २०७९ साल चैत्र २७ गतेदेखि ३० गतेसम्म नेपालगञ्जमा सम्पन्न भएको थियो । तसर्थः सङ्गठनको १० औँ महाधिवेशन आगामी २०७२ साल बैशाख मसान्तभित्रमा हुने छ ।’ पुरीले जानकारी गराउँदै भने ‘सर्कुलरमा भनिएको छ, ‘नेकपा (एमाले) लेनिनवादी संगठनात्मक सिद्धान्त अनुसार चल्ने पार्टी हो । सोही हाम्रो सङ्गठनको विधान अनुसार प्रत्येक दुई वर्षमा अधिवेशन गर्नुपर्ने हुन्छ ।’

युवा संघले कोशीमा निरोज पौडेल, मधेशमा मोविन आलम, बागमतीमा महेश चौलागाईं, गण्डकीमा पर्वत भण्डारी, कर्णालीमा शारदा पछाई, सुदूरपश्चिम प्रदेशमा विनय शाह र विशेष प्रदेश कमिटी बलराम बेल्वासेलाई इन्चार्ज तोकेको छ भने विभिन्न ३५ विभागको विभागीय जिम्मेवारीसमेत हेरफेर गरेको छ।

mulpatra mulpatra mulpatra

पुरीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई सफलीभूत बनाउन राजनीतिक स्थिरता पहिलो सर्त भएकाले एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्ने अभियानमा लाग्न पनि निर्देशन दिएका छन्।

सर्कुलरमा भनिएको छ, ‘सो कार्यभारलाई पुरा गर्ने महत्त्वपूर्ण दायित्व राष्ट्रिय युवा संघ, नेपालको सामु खडा भएको छ। जसको लागि संघले कार्यकर्ता तथा जनताको बीचमा कसिलो सम्बन्ध विकास गर्ने, आधारभूत तहसम्म कमिटी गठन गर्ने, विगतका हाम्रा गतिविधिको समीक्षा गर्ने र पार्टी र जनसंगठन, युवा र युवा समुदायकोबीचमा अन्योन्याश्रित सम्बन्ध विकास गर्ने गरी पार्टीको जरा केन्द्रित अभियानलाई सार्थकतामा पु¥याउन राष्ट्रिय युवा संघ, नेपालले ’जनतासँग राष्ट्रिय युवा संघ’ अभियान सञ्चालन गरिनेछ ।’

४० वर्ष उमेर पुगेका स्वतः संघको कार्यसमितिबाट हट्ने भएकाले तीन सचिव, एक जना सचिवालय र चार जनालाई स्थायी कमिटीमा मनोनयन गर्ने निर्णय पनि संघले जनाएको छ ।

Image Source: © https://mulpatra.com