भाेली ओलीको निर्वाचन क्षेत्रमा प्रसाईको विशाल आमसभा, एक लाख सर्वसाधारण उतार्दै

काठमाडौं– भाेली प्रधानमन्त्री केपी ओलीको निर्वाचन क्षेत्रमा झापा –५ मा नागारिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले विशाल आमसभा गदैछन् । प्रसाईको विशाल आमसभामा एक लाखभन्दा बढी सर्वसाधारण भेला हुने आयोजकको अनुमान छ । प्रसाईले महाअभियान थालेको तेस्रो वर्ष पुगेको अवसरमा झापामै कार्यक्रम गर्न लागेका हुन् ।
हिन्दू राष्ट्र, राजसंस्था स्थापना, बैंक तथा वित्तिय संस्थाको नियन्त्रण लगायतका माग महाअभियान थालेका प्रसाईले यस पटक पनि ओलीको निर्वाचन क्षेत्रमै शक्ति प्रदर्शन गर्न लागेका हुन् । पहिलो वर्ष प्रसाईले सोही एजेण्डा लिएर झापाबाट मेची महाकाली अभियान सञ्चालन गर्दै कञ्चनपुरसम्म अभियान सञ्चालन गरेका थिए । गत वर्ष काठमाडौंमा प्रसाईले यस्तै कार्यक्रम गरेका थिए ।
राजसंस्था स्थापना, हिन्दू राष्ट्र स्थापना, २०४७ सालको संविधानको कार्यान्वयन लगायतका माग राखेका प्रसाई विस्तारै राष्ट्र राजनीतिमा प्रवेश गर्दै छन् । दमकमा प्रसाईले गर्ने आमसभालाई महत्वका साथ हेरिएको छ ।
उद्योग धन्दा बेचेर खाएको र नयाँ उद्योग व्यवसाय सञ्चालन गर्न खोज्दा एउटा अपराधी जस्तो आँपको रुखमा झुण्डिएर मनुपर्ने अवस्थामा जनता पुगेको र उनीहरुलाई बचाउन आफुले महाअभियान थालेको प्रसाईले बताउँदै आएका छन् । उनका अनुसार बिहान भएपछि बैंक र लघुवित्त भन्ने संस्थाको मान्छे आउँछ भनेपछि ती गाउँका महिलाहरुको जंगलको बास छ । उनीहरुलाई बचाउन पनि आफनो महाअभियान आवश्यक रहेको उनको भनाइ छ ।