Close

Recent Posts

युक्रेन पठाइदिने प्रलोभन देखाएर ठगि गर्दै राई, लाखौं ठगेर फरार

युक्रेन पठाइदिने प्रलोभन देखाएर ठगि गर्दै राई, लाखौं ठगेर फरार
  • ३० माघ २०८१, बुधबार १६:५७

काठमाडौं – युक्रेन पठाइदिन्छु भन्दै काठमाडौं महानगरपालिका–१६ नयाँ बजार बस्ने चितवन राप्ती नगरपालिका–३ घर भएका ४० वर्षका भरत प्रसाद राईले ठगि गरेर फरार भएका छन् । हाल उनलाई पीडितले खोजी गरिरहेका छन् ।

युक्रेन पठाइदिने भने भन्दै काठमाडौंका संजय परियारसँग राईले सात लाख रुपैयाँ ठगि गरे भागेका छन् । हाल उनी फरार छन् । परियारका अनुसार राईले धेरै व्यक्तिलाई ठगि गरेर लुकेका छन् । अहिले उनको खोजीमा ठगिएका युवा लागेका छन् ।

ग्रायान्डि ग्लोबल होलिडेज प्रालिका संचालक राईले युरोपका पोर्चुगल, लाटभिया लगायतका देशमा भिजिट भिषामा जानका लागि १० लाख रुपैयाँ लाग्छ भन्दै प्रलोभनमा पारी युवालाई ठगि गदैै आएको परिवारले जानकारी दिए । राईलाई पहिला पनि ६ जना व्यक्तिहरुसँग १९ लाख ४७ हजार रुपैयाँ लिई सम्पर्क विहीन भई ठगी गरेको खुल्न आएपछि महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनी त्यति बेला धरौटीमा छुटेका थिए ।