Close

Recent Posts

प्रचण्डको चेतावनी,जनयुद्ध मेटाउन खोज्नेहरू खरानी हुने निश्चित

प्रचण्डको चेतावनी,जनयुद्ध मेटाउन खोज्नेहरू खरानी हुने निश्चित
  • १ फाल्गुन २०८१, बिहीबार १३:४४

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘जनयुद्ध’ लाई मेटाउने प्रयास गर्नेहरू खरानी हुने बताएका छन् ।

mulpatra

तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा ३० वर्षअघि भएको सशस्त्र सङ्घर्षका सन्दर्भमा विहीबार माओवादी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले जनयुद्धको प्रेरणा सयौं वर्षसम्म रहने भन्दै यसलाई कसैले मेट्ने प्रयास गरे खरानी हुने बताएका हुन् ।

जनयुद्ध दिवस राष्ट्रिय दिवस नै भएको उल्लेख गर्दै प्रचण्डले अहिले शान्ति प्रक्रिया नटुंग्याएको कारण देखाएर अदालतले स्थगन गरेपनि यसलाई राष्ट्रिय दिवसको रूपमा स्थापित गरेरै छाड्ने दृढता जनाए । प्रचण्डले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा र विकास गरेर संघीय लोकतान्त्रिक गणतन्त्र हुँदै समाजवादको आधार तयार गर्ने यात्रामा रहेको पनि बताए ।

mulpatra mulpatra mulpatra

‘जनयुद्ध र जनआन्दोलनको बलमा बनेको संविधानमा स्थापित मान्यतालाई एकथरि तत्वले अस्वीकार गर्ने र जनताका अधिकार कुण्ठित गर्ने प्रयास गरिरहेका छन् । यी सबै प्रयास असफल पार्न निरन्तर अग्रगमनका लागि संघर्ष गरिरहेका छौं’, उनले भने ।

प्रचण्डले विगतमा भएका कतिपय कमजोरीको आत्मसमीक्षा गर्दै पार्टी फेरि पनि देशका आम श्रमजीवी वर्ग, महिला, दलित, आदिवासी जनजाति, मधेशी, मुश्लिम लगायत उत्पीडित समुदाय र क्षेत्रको एजेण्डामा फर्केको जिकिर गरे । पछिल्लो समय सरकारको नेतृत्व गर्दा सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा गरिएको ऐतिहासिक थालनीलाई जनताले सकारात्मक रुपमा ग्रहण गरिरहेको उनको भनाइ थियो ।