ओलीको गृहजिल्लामा प्रसाईको शक्ति प्रदर्शन, ‘जनता मरेको हेर्न नसकेर राजनीतिमा होमिए’
झापा दमक – नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले प्रधानमन्त्री केपी ओलीको निर्वाचन क्षेत्र झापाको दमकमा लाखौं नागरिक आमसभामा उतारेका छन् । प्रसाईले महाअभियानको तेस्रो वार्षिक उत्सवमा ओलीकै निर्वाचन क्षेत्रमा शक्ति प्रदर्शन गरेका हुन् ।

५५ जना व्यापारीका हातमा पैसा छ । ती व्यापारीले तस्करी, अन्य क्षेत्रमा संलग्न भएर पैसा बाहिर लैजाने गरेको प्रसाईले ओलीकै निर्वाचन क्षेत्रमा गएर राजनीतिक दलमाथि आरोप लगाए ।

देशभरका ५० प्रतिशत व्यापारिक केन्द्रका सटर बन्द भएको विषयमा सरकारले चासो नदिएको उनको आरोप छ । ‘यस्तो गम्भीर विषयमा राजनीतिक दलका शीर्ष नेतालाई चिन्ता छैन । उनीहरू सत्ता र पदको लडाइँमा व्यस्त भएका कारण मैले महाअभियानमार्फत जनता बचाउन राजनीतिकमा होमिएको हुँ ।’ उनले भने ।
![]() |
![]() |
![]() |
|---|
मारवाडी, सुन तस्करी, बैंकबाट पैसा लिएर आफना पार्टीका नेता र कार्यकर्तामार्फत ब्याजमा लगाउने र गुन्डागर्दीलाई संरक्षण गर्ने मान्छे सरकार पुगे । उनीहरुबाट देश विकास हुने आस जनतामा मरेको उनको भनाइ छ ।

नेपालको पैसा सीमित व्यक्तिको हातमा भएका कारण आर्थिक अवस्था बिग्रेको बताउँदै उनले राजनीतिक दलले जनता मरेको वास्ता गर्न छाडेपछि आफु राजनीतिकमा तीनै जनता बचाउ होमिएको पनि जानकारी गराए ।
झापाको पुर्वी नाकादेखि उनको आमसभाका लागि ¥याली गर्दै युवाहरु दमक पुगेका थिए । प्रसाईकै आमसभाका लागि विराटनगर, धरान, इटहरी, मेची र कोशीका जनता दमक आएका हुन् । प्रसाईको आमसभामा स्वागत नेपाल, सुरेन्द्र भण्डारीलगायत व्यक्तिले सम्बोधन गरेका थिए । प्रसाईको आमसभामा ५० हजारभन्दा बढी सर्वसाधारण सहभागि भएको दमक प्रहरीले जनाएको छ ।
Image Source: © https://mulpatra.com

प्रसाईले राष्ट्रवादी आन्दोलन गर्ने, बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजको अन्त्य हुनुपर्ने, संघीयता खारेज गर्नुपर्ने, लघुवित्त आतंक बन्द गर्नुपर्ने, हिन्दु राज्य कायम गर्नुपर्ने, राजसंस्था पुनस्र्थापना गर्नुपर्ने, देशभित्र रोजगारी सिर्जना गर्दै वैदेशिक रोजगारी रोक्नुपर्ने र आर्थिक संकटका कारण आत्महत्या गर्नुपर्ने अवस्था रोक्नुपर्ने लगायतका माग राखी देशव्यापी आन्दोलन गर्दै आएका छन् ।

प्रसाईले महाअभियान सुरु गरेपछि सबैभन्दा बढी टाउको दुखाई एमालेका अध्यक्ष केही ओलीलाई भएको देखिन्छ । एमालेजस्तै कांग्रेस र माओवादीलाई पनि प्रसाईको आन्दोलन धक्का दिएको छ । भने राश्वपालाई भने ठुलै प्रभाव पर्ने देखिन्छ । उनको आन्दोलनमा करिब ३७ लाख नागरिक जोडिएका छन् । जसमा २७ लाखभन्दा बढी साधारण सदस्य लिइसकेको प्रसाईको सचिवालयले जनाएको छ ।



