केयूकेएललाई डिभिजन सडकको निर्देशन( बबरमहलको सडक जस्तातस्तै बनाइदिनू
काठमाडौं– बुधबार काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को पाइप विद्युत् प्राधिकरणको त्रुटीले गर्दा फुटेपछि क्षति भएको सडक पुर्नस्थापनाको लागि डिभिजन सडक कार्यालय काठमाडौंले निर्देशन दिएको छ।

केयूकेएललाई बिहीबार डिभिजन सडकले पत्र लेख्दै अरनिको राजमार्गको माइतीघर तिनकुने सडक खण्डको बबरमहलस्थित सर्भिस लेनमा क्षतिग्रस्त सडक यथास्थितिमा यथाशिघ्र पुर्नस्थापना गर्न भनेको हो ।
‘गल्ती कसले, कसरी ग¥र्यौं भन्दा पनि केयूकेएलको पाइप फुटेको कारण हाम्रो मातहतको सडकमा क्षति पुगेको छ । त्यसकारण सडक केयूकेएललाई बनाउन भनेका छौं,’ डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख नारायण दत्त भण्डारीले भने,‘कसलाई भन्ने हो, कसरी भन्ने हो केयूकेएलको कुरा हो ।’ उनले सडकको क्षतिको यकिन विवरण नआइसकेको भन्दै पाइप जोडिसकेपछि थाहा हुने बताए ।
