Close

Recent Posts

प्युठानमा कांग्रेस र सूर्य थापाबिच जुहारी

प्युठानमा कांग्रेस र सूर्य थापाबिच जुहारी
  • ३ फाल्गुन २०८१, शनिबार १५:३०

काठमाडौं । प्युठानबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापा र नेपाली कांग्रेसबीच जुहारी चलेको छ । जिल्लामा विकासका लागि छुट्याइएको योजना र विनियोजित बजेटमा जसलिने प्रतिस्पर्धाले उक्त परिस्थिति सिर्जना भएको हो । जनताबाट निर्वाचित प्रदेश र संघिय सांसदबीच कानून निर्माण, विधिको शासन लागु गर्न छोडेर बाटो, पुल मैले बनाएको भन्ने होडबाजी र जसलिने प्रयासले राजनीति नै विद्रुप बनाएको छ ।

mulpatra

सांसद थापाको व्यवहार र गतिविधिप्रति नेपाली कांग्रेस प्युठानले गम्भीर ध्यानाकर्षण भन्दै विज्ञप्ती जारी गरेको थियो । त्यसको उत्तर दिँदै सांसद थापाले फेसबुकबाट आफ्ना कुरा राखेपछि झगडा सतहमा आएको छ ।

कांग्रेस पार्टी सभापति विष्णु गिरीले एक प्रेस विज्ञप्ति जारी गर्दै सांसद थापाले अनपेक्षित जीतको उन्मादमा फरक विचार राख्ने व्यक्ति र जनप्रतिनिधिलाई पदीय मर्यादाविपरित अस्वभाविक चरित्र देखाउने र वहुदलीय सिद्धान्तलाई अनदेखा गरी निरन्तर असमावेशी स्वभाव देखाएको आरोप लगाएका थिए ।

mulpatra mulpatra mulpatra


सांसद थापाले जिल्लाकी समानुपाति सांसद निमा गिरी नागरिकको घरदैलोमा पुगेको विषयलाई ‘क्याटवाक गर्दै हिंडेर विकास हुन्छ र’ भन्दै आपत्ति जनाउने उनको आतिथ्यतामा हुने एक कार्यक्रमको ब्यानर टांस्न नदिने, कर्मचारीलाई थर्काउने र सरुवाको धम्की दिने जस्ता अलोकतान्त्रिक चरित्र देखाई घृणा फैलाउने ‘हेट स्पीच’ दिएको विज्ञप्तिमा आरोप लगाइएको थियो ।्
थापालाई आरोप लगाउँदै नेपाली कांग्रेसले विज्ञप्ती निकालेपछि आज उनले सामाजिक सन्जाल फेसबुकमा ‘केही नलेख्ने भनेको तथ्य लेख्नै पर्ने भयो’ भनेर लामो स्टाटस लेखेका छन् ।


स्टाटसमा भनिएको छ ‘नेपाली काँग्रेस प्युठानका केही व्यक्ति यति हदसम्म कुप्रचार गरिरहेका छन्। भिडियोमा बोल्ने महिला काँग्रेसकै कार्यकर्तालाई यसरी बोल्न लगाएर ‘क्याटवाक’का क्रममा दिउँसै रात पार्ने कोसिस भएको छ। प्रदेश खानेपानी मन्त्री, जसले सरकारमा काँग्रेसको टिमको नेतृत्व गरिरहनुभएको छ, उहाँले फूल लिएर हात जोड्नुभएको देखिन्छ, दायाँतर्फ झिमरूक गाउँपालिकामा तत्कालीन गठबन्धनमा काँग्रेसबाट निर्वाचित उपाध्यक्ष प्रमोद पोखरेल र दायाँतर्फ प्युठान नगरपालिकामा तत्कालीन गठबन्धनमा काँग्रेसबाट निर्वाचित उपमेयर देवेन्द्र बर्मा उभिएको देखिन्छ। ल मानौँ, एकजना महिला बोल्नुभयो भनेर सामान्य रूपमा नै लिऊँ, यसलाई काँग्रेसका कार्यकर्ता विमल पोखरेलको आइडीबाट टिकटक बनाएर मेराविरूद्द भाइरल गरिएको छ।


जबकि चालू आ.ब.मा बाग्दुला-मच्छी सडकको लागि मेरो सिफारिसमा १ करोड बजेट छुट्टाएर दुईपटक ठेक्का लागिसकेको छ र बाग्दुला पुलको जिरो बिन्दुबाट निर्माण व्यवसायीले काम गरिरहेको अवस्था छ। यस बजेट शीर्षकमा कम्तीमा छ करोड रकम चालू आ.ब.मै थप बजेटका लागि सिफारिस गरेर कोसिस गरिरहेको छु।
प्रदेशबाट छुट्ट्याइएको ७० लाखको अझै टेन्डर निकालिएकोसम्म छैन।

Image Source: © https://mulpatra.com


विगतमा ७५ प्रतिशत भारतीय निर्माण सामग्री प्रयोग अनिवार्य गरेर गरिएको ठेक्का सम्झौताअन्तर्गत १० वर्षदेखि कुरा भएर काम नभएको बाग्दुला-मच्छी-भिमगिठे सडकको पुनः ठेक्का लगाउन गतवर्ष माघमा भारतीय एक्जिम बैंकलाई पत्रचार गरिएकोमा अहिलेसम्म कुनै जवाफ दिइएको छैन। र, ठेकेदारले उच्च अदालतमा हालेको मुद्दामा कुनै निर्णय नभएकाले वैकल्पिक स्रोत खोजेर निर्माण अघि बढाउनसमेत अल्झन परेको छ।


यति स्पष्ट तथ्यमा पर्दा हालेर किन मोटर बाटोमा पैदलयात्रा (क्याटवाक) भएको रहेछ रु यति सरलरूपमा छर्लङ्ग दुराशय हामीले बुझेका छैनौँ र ? अनि सत्ता साझेदार दल, जिम्मेवार मन्त्री, जनप्रतिनिधि र काँग्रेसको नेतृत्व तहबाट गरिएको यस्तो कुप्रचार र योजनाबद्ध दुष्प्रचार किन र? काँग्रेस सभापति विष्णुकुमार गिरीले जारी गर्नुभएको वक्तव्य झूटो, तथ्यहीन र भ्रमको खेती गर्ने नियोजित षड्यन्त्रको गोटी बनेर आएको छ। यसका बारेमा नेकपा (एमाले), प्युठानले संस्थागत रूपमा स्पष्ट गर्ने नै छ।


जहाँसम्म जितको उन्माद भनिएको छ, यसले पाँचदलीय गठबन्धन बनाएर हराउन खोज्दा नसकेर मैले जितेको त जीवित तथ्य नै हो, कुनै उन्माद होइन। यहाँले दुर्गा पौडेललाई जिताउन सके जति बल गर्नुभएकै हो त, सक्नुभएन। अनि किन कुण्ठाग्रस्त ?


सासद थापाले स्टाटस हालेको केही समयमा नेकपा एमाले प्युठान जिल्ला कमिटिले समेत विज्ञप्ती जारी गर्दै नेपाली कांग्रेस जिल्ला कार्यसमिति प्युठानले प्रकाशित गरिएको प्रेस विज्ञप्तीमाथि गम्भीर ध्यानाकर्षण भएको र विज्ञप्तीले माननीय सूर्य थापामाथि निराधार एवं कपोकल्पीत आरोप लगाउने कुरा गैरराजनीतिक र अमर्यादित भनेको छ ।