डिजिटल पानसको बत्ती बाल्दा अर्थमन्त्री घाइते

डिजिटल पानसको बत्ती बाल्दा अर्थमन्त्री घाइते
  • ३ फाल्गुन २०८१, शनिबार १५:४८

काठमाडौं । पोखरा भ्रमण वर्षको उद्घाटनमा तयार पारिएको डिजिटल पानसको बत्तीको स्वीच अन गर्दा अर्थमन्त्री घाइते भएका छन् ।

mulpatra


उद्घाटनमा स्वीच थिचेर पानस बत्ती बाल्ने र हाइड्रोजन भरिएको बेलुन उडाउने कार्यक्रम थियो । स्वीच थिचेर पानसमा बत्ती त बल्यो तर बत्तीको तातोले सँगै रहेको बेलुनमा भेटेपछि बेलुन पड्किन पुगेको एक स्थानीयले बताएका छन् ।


अर्थमन्त्रीसँगै पोखरा महानगरपालिका मेयर धनराज आचार्य पनि घाइते भएका छन् । बेलुन पड्किदा आगोको लप्का अर्थमन्त्री र मेयरको टाउका झरेको थियो ।


घाइते भएपनि अर्थमन्त्रीसँगै मेयर आचार्यलाई स्थानीय गण्डकी अस्पताल लगिएको थियो । त्यहाँ साधारण उपचार गरेपछि दुबैलाई हेलीकप्टर मार्फत काठमाडौं ल्याइएको र थप जाँचका लागि कीर्तिपुर वर्न अस्पताल भर्ना गरिएको छ ।