राजु गिरी निर्देशित ‘डल्लेले इन्ट्री मार्यो’मा नायकका रुपमा नवराज श्रेष्ठ अनुबन्धित

काठमाडौं । २०८२ साल लक्ष्मीपूजाको दिन प्रदर्शन मिति तय गरिएको चलचित्र ‘डल्लेले इन्ट्री मार्यो’मा नायक नवराज श्रेष्ठलाई मुख्य भूमिकामा अनुबन्धित गरिएको छ ।
लामो समयदेखि अमेरिकामा रहेर नेपाली चलचित्र र चलचित्रकर्मीको बिकाश र बिस्तारका लागि अनवरत सकृय रहँदै आउनु भएका श्रेष्ठको अभिनयको क्षेत्रमा पुनःआगमन भएको हो । उक्त चलचित्रका निर्देशक राजु गिरी रहनु भएको छ भने प्रोड्यूसरहरुमा सावित्रा चिलुवाल, आशिक बस्नेत, आदर्श बस्नेत र निर्मला बस्नेत रहनु भएको छ ।
उषा फिल्म प्रोडक्शनको ब्यानरमा उक्त चलचित्र निर्माण हुन लागेको निर्देशक गिरीले उल्लेख गर्नु भएको छ । नायक श्रेष्ठ ग्लोबल नेपाली फिल्म अवार्ड यूएसएका अध्यक्ष हुनुहुन्छ ।