Close

Recent Posts

अध्यादेश देशको हितमा नभएकाले अस्वीकृत गर्ने एकीकृत समाजवादीको निर्णय

अध्यादेश देशको हितमा नभएकाले अस्वीकृत गर्ने एकीकृत समाजवादीको निर्णय
  • ६ फाल्गुन २०८१, मंगलवार १८:१५

काठमाडौं । नेकपा एकीकृत समाजवादीले संसदमा दर्ता अध्यादेशहरुको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको स्थायी कमिटीको बैठकले अध्यादेशहरुको विपक्षमा उभिने निर्णय गरेको प्रचार विभागका प्रमुख प्रकाश ज्वालाले विज्ञप्ती मार्फत जनाएका छन् ।

mulpatra


एकीकृत समाजवादीलाई अध्यादेशमा सहयोग गर्न आव्हान गर्न कांग्रेसका केही नेता लागिरहेको समाचार बाहिरिँदै गर्दा पार्टीले विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।


अध्यादेश देशको हितमा नभएकाले अस्वीकृत गर्ने निर्णयमा पार्टी पुगेको प्रचार विभाग प्रमुख एवं उपाध्यष प्रकाश ज्वालाले बताएका छन् । उनले भनेका छन् ‘अध्यादेशलाई समर्थन गर्न सकिने अवस्था छैन । नियमित संसदमा नल्याएर अध्यादेश ल्याउनुको पछाडि गलत नियतले काम गरेको छ । अन्तर्वस्तुमा पनि सहमति जनाउन सकिने अवस्था छैन’ ।

mulpatra mulpatra mulpatra


प्रतिनिधि सभामा एकीकृत समाजवादीका १० जना र राष्ट्रिय सभामा ८ जना सांसद छन्।
सत्तारुढ दल जसरी पनि अध्यादेश पास गर्न लागिरहेको बेला एकीकृत समाजवादीको निर्णयले अझ सकस थपेको छ । जसले गर्दा सरकारले निर्णयार्थ अध्यादेश सदनमा पेश गर्न सकिरहेको छैन ।