Close

Recent Posts

देशको अवस्था बुझेर राष्ट्रहितका लागि राजाले मार्मिक रुपमा मुख खोल्नुभयो : प्रसाई

देशको अवस्था बुझेर राष्ट्रहितका लागि राजाले मार्मिक रुपमा मुख खोल्नुभयो : प्रसाई
  • ७ फाल्गुन २०८१, बुधबार १३:२३

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई साथ दिन जनतालाई आह्वान गर्नु भएको छ । प्रजातन्त्र दिवसको अवसरमा आज (मंगलबार) भिडियो सन्देश जारी गर्दै शाहले देशको समृद्धि र उन्नतिका लागि आफूलाई साथ दिन आह्वान गर्नुभएको हो ।

mulpatra

यस विषयमा धर्म, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईले श्री ५ बडामहाराज ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसका अवसरमा दिएको सन्देशलाई राजनीतिक दल सामान्य रुपमा लिएको र उहाँ जनताका लागि यसरी गम्भीर रुपमा मुख खोल्नु भएको संयोजक प्रसाईले जानकारी दिए ।

प्रसाईका अनुसार राजाले देशको वास्तविक अवस्था बुझेर जतनाका लागि प्रजातन्त्र दिवसको अवसरमा यस्तो सन्देश छाड्नु भएको हो । राजाको भिडियो सन्देशमा अहिलेको देशको अवस्था प्रष्ट बताइएको उनले बताए । ‘राजाको सन्देशलाई जनताले गम्भीर रुपमा सोच्नुपर्ने बेला आएको छ । देश संकटको घडीमा पुगेपछि राजाले यस्तो सन्देश जनताका लागि दिनु भएको हो । अब सबै राष्ट्रप्रेमी जनता मिलेर देश बचाउनुपर्छ ।’ उनले भने ।

mulpatra mulpatra mulpatra

राजाले देशमा संकट नआओस् भनेर राष्ट्रहितका लागि उदारता देखाएको पनि बताउनु भएको थियो । ‘हामीले जनताको भलो होस् भनेर आफ्नो ओहोदा, सुख सुविधालाई पनि त्याग गरेका हौँ। त्यागले कसैको कद सानो हुने होइन,’ उनले भनेका छन्, ‘त्यस्तो भाव कसैले पनि कमजोरी ठान्नु हुँदैन।’ भिडियो सन्देशमा भनिएको छ ।

‘देशका निम्ति र राष्ट्रका खातिर हाम्रो समर्पण निष्ठा सधैँ हुनेछ। राष्ट्र रक्षाका निम्ति सबैको अनुशासन र इमानदार प्रयत्न हुनुपर्दछ। हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ। अब नेपालको उन्नतिको लागि हामीबाट अरु के–के त्याग गर्नुपर्ने हो हामी तयार छौँ,’ सन्देशमा भनेका छन्, ‘अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीलाई आह्वान गर्दछौँ।’ राजाको यस्तो सन्देश छ ।

राजाले जनताका लागि साँचो र देशको आवश्यकता हेरेर मात्र बोल्ने गरेको प्रसाईको टिप्पणी छ । देश राजनीतिक दलका कारण अहिले अन्तिम अवस्थामा पुगेको छ । यसका लागि जनता एक जुट हुने समय आएको प्रसाईको भनाइ छ ।

Image Source: © https://mulpatra.com

स्रोत रोयल पेज