उच्च राजनीतिक भेटघाट नहुने भएपछि देउवाको महाकुम्भ यात्रा रद्द
काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ । इण्डिया फाउण्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको रुपमा सहभागी हुन देउवा आज भारत जाने तयारीमा थिए ।

शुक्रबार र शनिबार प्रयागराजमा हुने समिटमा देउवालाई वक्ताका रुपमा आमन्त्रित गरिएको थियो । अन्तिम समयमा आएर देउवाको भ्रमण रद्ध भएको हो । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले सभापति देउवा भारत नजाने जानकारी दिए ।
भ्रमण रद्ध हुनुको कारणबारे भने पौडेलले केही बताएनन् । ‘सभापति भारत जाने तयारी थियो । रद्ध भएको छ,’ पौडेलले जनाएका छन् ।
![]() |
![]() |
![]() |
|---|
तर भारतमा उच्च राजनीतिक भेटघाट नहुने भएपछि देउवाले आफनो ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा जान अस्वीकार गरेको कांग्रेसकै नेताहरुको अनुमान छ । देउवा पत्नी राणाले भारतमा उनको उच्च भेटघाटको प्रयास असफल भएपछि सभापतिको भ्रणम रद्द भएको हो ।



