‘कल्ली’को छायांकनका लागि उत्तम प्रधान नेपाल आए

‘कल्ली’को छायांकनका लागि उत्तम प्रधान नेपाल आए
  • ९ फाल्गुन २०८१, शुक्रबार १२:३०

काठमाडौं– भोलिबाट छायांकन सुरु हुन लागेको फिल्म ‘कल्ली’का लागि नायक उत्तम प्रधान नेपाल आइपुगेका छन् । उत्तमलाई फिल्मका प्रस्तुतकर्ता किरण नेपालीले विमानस्थलमा स्वागत गरे ।

mulpatra

फिल्ममा उत्तमको मुख्य भूमिका छ । उनी ३५ दिनसम्म नेपालमा रहनेछन् । प्रस्तुतकर्ता नेपालीका अनुसार, फिल्मको छायांकन अवधिभर नै उत्तम नेपालमा रहनेछन् ।

लेकाली इन्टरटेन्मेन्ट र कस्तूरी प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यो फिल्मको भोलिबाट काठमाडौंमा छायांकन सुरु हुनेछ । फिल्ममा लक्ष्मण सुनारको कथा तथा निर्देशन छ । हिमाल कडरिया र अमला देबी राई फिल्मका निर्माता हुन् । महेश दवाडीको लेखन रहेको यो फिल्ममा सरोज नेपाली कार्यकारी निर्माताको रुपमा छन् ।

mulpatra mulpatra mulpatra

यो फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदीप अधिकारी, बेगम नेपाली लगायतका कलाकारहरूको अभिनय रहनेछ ।

निसाल पौडेलको छायांकन रहने यो फिल्मका निर्माण प्रमुख सुरज आचार्य हुन् । उत्तम एक दशक भन्दा लामो समयपछि नेपाली फिल्ममा फर्किन लागेका हुन् । यो बीचमा उनले नायिका निरुता सिंहसँग एउटा म्युजिक भिडियोमा काम गरेका थिए ।