Close

Recent Posts

आरतीसँग डराएको एकीकृत समाजवादी–पार्टी फुटाएको कारण प्रमाणीत गर्ने अग्नि परिक्षामा माधव नेपाल

आरतीसँग डराएको एकीकृत समाजवादी–पार्टी फुटाएको कारण प्रमाणीत गर्ने अग्नि परिक्षामा माधव नेपाल
  • १० फाल्गुन २०८१, शनिबार २०:५८

काठमाडौं । भरखरै नेकपा एकीकृत समाजवादीले अपानी जारी गरेको थियो । त्यही अपानीको कारण लामोसमय विद्यार्थी राजनीति गरेकी युवा नेतृ आरती लामासँग एकीकृत समाजवादीको नेतृत्व डराइरहेको देखिएको छ । जसका कारण नेकपा एमाले फुटाएर एकीकृत समाजवादी निर्माण गरेको प्रमाणीत गर्ने अग्नि परिक्षामा माधव नेपाल देखिएका छन् ।

mulpatra


अपानीमा प्रश्न उठाउनेहरुमा लामा मात्र होइन अन्य थुप्रै केन्द्रिय सदस्यहरु पनि छन । अपानी मार्फत लामाको विद्यार्थी संगठनको नेतृत्व खोसिएको थियो । अन्याय भएको कुरा पार्टी केन्द्रिय कमिटिमा उठाउँदा पार्टी अध्यक्ष माधव नेपालले ‘चुप लाग्नुस्, मसँग प्रश्न गर्ने हो ?’ भन्दै बोल्न रोकेपछि बैठकस्थल मा तनाव सिर्जना भएको एक केन्द्रीय सदस्यले बताए । असन्तुष्ट पक्षहरूले केन्द्रीय कमिटी बैठकमा पनि बोल्न नपाए कहाँ बोल्ने भन्दै होहल्ला गरेका थिए ।


गत माघ दोस्रो साता पार्टी अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशिका–४ जारी गरी युवा संघ अध्यक्ष कृष्णकुमार विश्वकर्मा र अनेरास्ववियू अध्यक्ष आरती लामालाई पदमुक्त गरेका थिए ।

mulpatra mulpatra mulpatra


सोही विषयमा लामाले ‘कम्युनिस्ट आन्दोलनमा हामी लागेको सबैको सम्मानका लागि होला । तर त्यो कुरा आज कहाँ लागु हुँदैछ ? आज मेरो राजनीति सिध्याउँछु भन्दै हिँड्ने कुरा कहाँसम्मको न्यायसंगत हो ? भनेपछि बैठकमा होहल्ला शुरु भएको थियो ।

तर यतिकैमा लामा रोकिइनन उनले विगतका कुरा सम्झाउँदै प्रश्न गरिन ‘हिजो एमालेमा माधवकुमार नेपालले अपमान भयो भन्दा पछाडि उभिएका हामी हौँ । आज तपाईँले न्याय दिनुहुन्छ भनेर तपाईँको पछि लागिरहेका आरती लामा लगायतमाथिको अन्याय कसरी हेर्न सक्नुहुन्छ अध्यक्षज्यू ?’

लामाको प्रश्नमा धेरै वरिष्ठ नेताहरुको समेत समर्थन रहेको बुझिएको छ । लामाले प्रश्नको बर्षा गरेकी थिइन् उनले ‘अध्यक्ष कमरेड हिजो एमालेभित्र रहँदा बोल्न पाइएन, विधि प्रक्रिया मिचियो भनेर हामीले विद्रोह गरेको होइन, ?हिजो एमालेभित्र आफ्नो अपमान भयो भनेर तपाईंले भनेपछि तपाईंले न्याय गर्नुहुन्छ भनेर हामी तपाईंको पछि लागेका होइनौं ? आज तपाईंले नै गलहत्याएर मलाई किन निकाल्नुभयो ?’ भनेर प्रश्न गरेपछि अध्यक्ष नेपाल जंगिएका थिए ।

Image Source: © https://mulpatra.com


लामाले नेतृत्वको कायैशैलीकै कारण पार्टी निर्माण चरणमै निरास हुनु परेको बताइरहँदा एकीकृत समाजवादी र माधव नेपाललाई भने एमालेबाट पार्टी टुक्र्याएको प्रमाणीत गर्न र हिजोको एमाले भन्दा फरक ठाउँमा उभ्याउनै अप्ठ्यारो पर्ने देखिएको छ ।