राजतन्त्र फर्किने त्रासमा ठुलै दल, पुर्वराजामाथि क्रोध पोख्दै : प्रसाई
काठमाडौं– गत साता अर्थात् फागुन ७ गतेको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसका अवसरमा एउटा भिडिओ सन्देश जनतालाई दिए । १० मिनेट लामो भिडिओमा सन्देशमा उनले यसअघि दिने गरेका सन्देशहरूभन्दा केही भिन्न देखिने गरी आफूलाई ‘साथ दिन’ पनि देशवासीलाई आह्वान गरेका छन् ।

अहिलेको अवस्थाप्रति असन्तुष्टि व्यक्त गरिएको सन्देशको अन्त्यतिर उनले राष्ट्रिय समस्या सुल्झियोस् भनेर आफूले पहिले पनि त्याग गरेको र अब पनि त्याग गर्न तयार रहेको विषयले अहिले नेपालको राजनीतिकमा तरङ्ग ल्याएको छ । त्यति मात्र होइन । यस विषयले संसद्मा बहस सिर्जना गरेको छ ।
पुर्व राजा शाहको आलोचना र प्रशंसामा विभाजित भएका बेला कतिपयले उनको पछिल्लो सन्देशलाई राजनीतिक रूपमा लिएका छन् । भने राजनीतिक दलमा एक किसिमको क्रास उत्पादन भएको छ ।
![]() |
![]() |
![]() |
|---|
संसद्का दुवै सदनका यसै साता भएका बैठकहरूमा पनि शाहको पछिल्लो अभिव्यक्तिले प्रवेश पायो । योसँगै राजातन्त्रको पक्षमा बहस हुन थालेको छ ।
राजनीतिक प्रवृत्तिप्रति जनाताको निराशा बढ्दै गएको र यसको विकल्पमा राजसंस्थाप्रति जनताको रुची बढ्न थालेको नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई बताउँछन् । उनका अनुसार गणतन्त्र स्थापनापछि देशको अवस्था बिग्रिएको, देशमा युवा बस्ने अवस्था नरहेको र राजनीतिक पाटीसँग जनताको चरम निराशा बढेकाका कारण पछिल्ला वर्षमा राजसंस्थाप्रति जनमत बढ्दै गएको प्रसाईको दाबी छ ।
राजातन्त्र फर्किने त्रासमा राजनीतिक दल देखिए । राजाको एउटा अभिव्यक्तिले नेपालको राजनीतिकमा यति हलचल ल्याएको उनले बताए । ‘देशमा एउटा अभिभावक चाहिएको छ । त्यही भएर जनताले नेपालमा राजतन्त्रसहितको हिन्दुराज्य खोज्न थालेका छन् । यो सम्भव र देखिएका पनि छ । अहिले राजनीतिक दलको हैसियत जनताले देख । त्यही भएर राजा खोज्न थाले ।’ उनले भने ।
Image Source: © https://mulpatra.com
नेपालमा यस दिन भन्न मिल्दैन तर हिन्दु राज्यसहित रातातन्त्र फर्किने उनको दाबी छ । गणतन्त्रकै नेतृत्व गरिरहेका नेताहरुमा भित्र–भित्रै राजा चाहिन्छ भन्ने हुन् थालेको उनको भनाइ छ ।
सत्ताधारी नेपाली कांग्रेस तथा नेकपा एमालेका सांसदहरूले उनको आलोचना गरे भने राजावादी दल राप्रपाका सांसदहरू उनको प्रतिरक्षा र गणतन्त्र पक्षधरहरूको आलोचनामा उत्रिए ।
विश्लेषकहरू पूर्वराजाको एउटा आह्वानले नै राजनीतिक तरङ्ग उत्पन्न हुनुको मुख्य कारण उनी नभई गणतन्त्र स्थापनापछि बनेका सरकारहरू तथा वर्तमान नेताहरूको कमजोरी भएको औल्याउँछन् ।



