Close

Recent Posts

‘तेश्रो भ्वाइस अफ स्याट’ गायन प्रतियोगितामा यस वर्ष २६ विद्यालय अन्तिम प्रतिस्पर्धामा

‘तेश्रो भ्वाइस अफ स्याट’ गायन प्रतियोगितामा यस वर्ष २६ विद्यालय अन्तिम प्रतिस्पर्धामा
  • १५ फाल्गुन २०८१, बिहीबार १३:०४

काठमाडौं –स्कुले बिद्यार्थीहरुलाई पढाईका साथ साथै अतिरिक्त क्रियाकलापलाई पनि उत्तिकै जोडदिनु पर्छ भन्ने उव्देश्यले ‘शैक्षिक रूपान्तरणका लागि विद्यालयहरूको गठबन्धन (स्याट)’ नामक संस्थाले बिगत तीन वर्ष देखि आयोजना गर्दै आईरहेको ‘तेश्रो भ्वाइस अफ स्याट’ गायन प्रतियोगितामा यो वर्ष २६ वटा स्कुलका बिद्यार्थीहरुले अन्तिम प्रतिस्पर्धामा आआफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए।

mulpatra

चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाको प्रमुख आतिथ्यतामा सम्पन्न फाइनल कार्यक्रमको सभापतित्व आयोजक संस्थाका अध्यक्ष ई.विनय श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रममा शिक्षाविद् बिचारी प्रसाद अधिकारी, गायक लाक्पा शेर्पा, पत्रकारव्दय सानु श्रेष्ठ, सरोज ओझा, पारा ओलम्पियाड पलेशा गोवर्धनलाई अभिनन्दन गरिएको थियो ।

गायन प्रतियोगितामा मेगा विजेताहरूमा टाईटल विजेता– दिया घिमिरे ,पीक प्वाइन्ट एकेडेमी, फस्ट रनर अप– सम्पदा घिमिरे, गोल्डेन गार्डन एकेडेमी, सेकेन्ड रनर अप–जेविशा श्रेष्ठ, पीक प्वाइन्ट एकेडेमी, थर्ड रनर अप– अन्जल बाबु कट्टेल, साइपाल एकेडेमी, फोर्थ रनर अप– आर्यन शाही, सेन्ट जर्ज इन्टरनेशनल स्कूल रहेका थिए भने राइजिङ स्टार अवार्ड – मञ्जिल घिमिरे नोब्स , पब्लिक च्वाइस अवार्ड– अन्जलबाबु कट्टेल, साइपाल एकेडेमीले हात पारेका थिए ।

mulpatra mulpatra mulpatra

मेगा बिजेता ५ जना कलाकारहरूले गीत रेकर्डिग , नगद पुरस्कार , ट्रफी , मेडल ,सर्टिफिकेट , गिफ्ट हाम्पर, साईपाल कलेज र ईन्साईट भिजन कलेजबाट +२ लेभल शिक्षा तहमा सत् प्रतिशत छात्रवृति र बककाकी २१ जना ग्रान्ड फिनालिष्टहरूले पनि
ट्रफी , मेडल ,सर्टिफिकेट , गिफ्ट हाम्पर प्राप्त गरे ।

कार्यक्रम संयोजक प्रशान्त दाहाल लगायतको सहकार्यमा सम्पन्न कार्यक्रमका जुरि सदस्यमा किर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, बरिष्ठ संगीतकार राजु शिंह र क्लासिकल गायिका संगीता प्रधान रहेका थिए ।

२०८१ जेठ १२ गते अडिसन सुरू भएको उक्त महत्वकांछी कार्यक्रमबाट राम्रा राम्रा बाल गायकहरू उत्पादन गर्ने सोच आयोजक स्याटले बोकेको छ ।डिजी स्कूलले प्रमुख स्पोन्सर रहेर सो कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
उक्त कार्यक्रमको अडिसन देखि टप २० राउण्ड सम्म सम्पूर्ण राउण्डहरूमा गायक उमेश राउतले माष्टर जुरीको भूमिका निर्वाह गर्नुभएको हो ।

Image Source: © https://mulpatra.com