Close

Recent Posts

राजाले जनताको मनोभावना बोल्नुभयो, व्यवस्था बदल्न अन्तिम लडाई लडौं : प्रसाई

राजाले जनताको मनोभावना बोल्नुभयो, व्यवस्था बदल्न अन्तिम लडाई लडौं : प्रसाई
  • १७ फाल्गुन २०८१, शनिबार १४:०५

पोखरा –दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले आज पोखरामा आमसभा गरेको छ । आमसभाको महाअभियानका संयोजक प्रसाईले सम्बोधन गरेका छन् ।

mulpatra

उनले पोखरामा भेला भएका ४० हजारभन्दा बढी जनतालाई संम्बोधन गर्दै राजा ज्ञानेन्द्र शाहले ‘साहसिलो र प्रशंसनीय’ सम्बोधन गरेर जनताको मन जितेको समेत बताएका छन् ।

राजा शाहबाट राष्ट्रियता, प्रजातन्त्र र जनताको पक्षमा भएको साहसिलो सम्बोधन प्रशंसनीय र सबै पक्षबाट मननीय भएको उनले बताए । राजाले जनताको समस्या बुझनुभयो । तपाई–हामीले बुझनुपर्ने बेला भयो । राष्ट्रियता, प्रजातन्त्र र जनताको हित र सर्वोच्चतालाई केन्द्रबिन्दुमा अब एक पटक लडनुपर्छ ।’ उनले भने ।

mulpatra mulpatra mulpatra

उनका अनुसार इतिहासकालदेखि नै नेपालको ठूलो हिस्सा सनातन धर्म मान्दै आएको छन् । यसको अर्थ राज्य ‘हिन्दु’ थियो भनेर नेपाललाई अहिले पनि जनताले मानिरहेको उनले बताए । ‘राज्यले जनतालाई आ–आफ्नो धर्म मान्न छोडिदिन्थ्यो, अपवाद बाहेक । राज्य त नियम–कानुन मार्फत जनतालाई सुरक्षा दिन र बाहिरी आक्रमणमा प्रतिरक्षा गर्न तैनाथ राजतन्त्रले गरेको थियो ।’ उनले भने ।

आदिम युगदेखि वैदिक सनातन हिन्दूदर्शनको केन्द्रको रुपमा, उदगम भूमिको रुपमा र महान ऋषिमुनि, तपस्वी, देवीदेवता र साधु सन्तको तपस्थलिको रुपमा रहेको नेपाल कहिले पनि धर्मनिरपेक्ष नभएको उनको दाबी छ ।

धार्मिक, सांस्कृतिक धरोहर नै राष्ट्रवाद, देशभक्ति र राष्ट्रियताको आधार हो । संसारमा कुनै त्यस्तो देश छैन, जसले सांस्कृतिक आधार नबोकेको र नेपाल पनि हिन्दुराज्य हुनुपर्ने उनको माग छ ।

Image Source: © https://mulpatra.com