Close

Recent Posts

बिहानै थापाथलीको सडकमा पाइप फुट्दा मेलम्चीको ५ लाख लिटर पानी बग्यो

बिहानै थापाथलीको सडकमा पाइप फुट्दा मेलम्चीको ५ लाख लिटर पानी बग्यो
  • २० फाल्गुन २०८१, मंगलवार १५:१४

काठमाडौं–काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का अनुसार आज विहान थापाथली चोकमा पाइप फुटेको केही समयमै पाँच लाख लिटर पानी खेर गएको जनाएको छ । पाइप फुटेको केही समयमै बन्द गर्न सफल भएकोले धेरै पानी खेर जान नपाएको केयुकेएलले जनाएको छ ।

बिहानै ५ बजे पाइप फुटेपछि त्यस क्षेत्रका केही पसलहरु डुबानमा परेका थिए । सडक र सडक पेटमा क्षति पुगेको थियो । सडकमा ढुंगा–माटो र गिट्टी थुप्रिएको थियो । सडकसमेत अवरुद्ध भएको थियो । अहिले प्रभावित क्षेत्रमा मर्मत तथा सरसफाइ गरिसकिकएको छ।

पाइप लाइन किन फुट्यो भन्ने पत्ता लागिसकेको छैन । कालोपत्रे सडक नै फुटाएर पानी बाहिर आएकोले पानीको चापका कारण फुटेको अनुमान गरिएको केयुकेएलले जनाएको छ । फुटेको पाइपलाइनको मर्मतका लागि खानेपानीमन्त्री प्रदिप यादवले मातहतका निकायलाई निर्देशन दिएका छन् । साँझसम्म सञ्चालन गर्ने गरी काम भइरहेको मन्त्रालयले जनाएको छ ।

यसअघि माघ ३० गते बबरमहलमा मेलम्चीको पानी वितरण गरिएको पाइप फुट्दा १० लाख लिटर पानी खेर गएको थियो । यसपटक भने समस्या समाधान छिटो गरिएकोले कम खेर गएको हो ।