राजतन्त्रको माहोल देखिएपछि महोत्तरी पुगेर राजाविरुद प्रचण्ड र ओली खनिएको प्रसाईको टिप्पणी
काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै नेपाली जनताको बलबाट गलहत्याइएका सामन्ती प्रेतहरूले टाउको उठाउने प्रयास गरे जनताकै बलबाट समाप्त हुने चेतावनी दिएका छन् ।

उनले जस्तै महोत्तरी पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अब आत्मनिर्भरताको बाटोमा लाग्नुको विकल्प नभएको बताएका थिए । महोत्तरीको गौशाला नगरपालिका–१, रामनगरमा आज नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिजको उद्घाटन गर्दै उनले औद्योगिक विकास र रोजगारी सृजनामा प्राथमिकता र नेपालमा राजतन्त्र आउने विषय कल्पना मात्र भएको समेत बताउन भ्याए ।
प्रचण्डले पुर्वराजाको विषयमा बोल्दै जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत माओवादी केन्द्र महोत्तरीले महोत्तरीको सम्सी गाउँपालिकामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै नेपाली जनताले परास्त गरिसकेका तत्त्वहरूले टाउको उठाउने प्रयास गरिरहेको आारोप लगाए ।
![]() |
![]() |
![]() |
|---|
प्रचण्डले जस्तै ओलीले पनि अब अराजकता, बलमिच्याँइ र जालझेल चल्दैन । अब देशमा राजतन्त्र फर्किँदैन। सबै संविधान अनुसार चल्ने बताएका थिए ।
यस विषयलाई नागारिक बचाउन महाअभियानका संयोजक दुर्गा प्रसाईले टिप्पणी गरेका छन् । उनले फागुन ७ गते पुर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिपछि देशमा हिन्दुराज्यसहित राजतन्त्रको माहोल बन्दै गएपछि कथित गण्तन्त्रवादीहरु तर्र्सिएको आरोप समेत लगाए । उनले कांग्रेसले राजतन्त्रविरुद्ध अहिलेसम्म बोलेको छैन ।
तर ओली र प्रचण्डले महोत्तरीमा पुगेर विरोध गरेको प्रसाईले बताए । ‘राजातन्त्र फर्किने भएपछि ओली र प्रचण्ड बढी त्रासमा छन् । त्यही भएर ओली सरकारले आफुलाई पक्रिन लागि परेको छ । मलाई पक्रिएपनि केही फरक पदैन्। अब राजालाई पनि नजरबन्दमा राख्ने रे । यो सम्भव छैन ।’ उनले भने ।
Image Source: © https://mulpatra.com



