नेपाल मारवाडीकरण भयो, अब सेनासहित जनता अघि बढ्नुपर्छः प्रसाई
काठमाडौं– नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले देश केही मारवाडीको हातमा गएको आरोप लगाएका छन् । उनीहरुकै वरीपरी राजनीतिक दल घुमेको उनले बताएका छन् ।

प्रसाईले आज भक्तपुर आफनो निवासमा पत्रकार सम्मेलन गर्दै देशको अवस्था विग्रिएको र यसका लागि राजतन्त्र आवश्यक रहेको बताए । ‘देशमा राजतन्त्र नहुँदा राजनीतिक दलको मनपरी बढेको र अब फागुन २५ गते राजा ल्याएर दरवारमा भित्राउनुपर्छ। यसका लागि सेना र जनता मिल्नुपर्छ । नत्र मारवाडी देश सक्छन् ।’ उनले भने ।
उनले पत्रकार सम्मेलनमा कर्मचारीको तलब एक लाखभन्दा बढी बनाउने घोषणा गरेका छन् । यसका लागि आफनो लडाई कायम रहेको र फागुन २५ गते राजालाई दरबारमा लैजान समेत घोषणा गरेका छन् ।
![]() |
![]() |
![]() |
|---|
‘तिमीहरूले छाडेनौँ भने, राजा र मैले आन्दोलन घोषणा गरेका दिन तिमीहरूको हालत के हुन्छ सोच्नुपर्ने हुन्छ’, उनले फागुन २५ गते पूर्व राजालाई निर्मल निवास पु¥याउने र त्यो शान्तिपूर्ण हुने बताए ।
प्रसाईंले माओवादी अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा समेत अहिले राजतन्त्रको पक्षमा बहस गर्न थालेको बताए । उनले नेताहरूको छातीमाथि कुल्चेर राजा आउने भन्दै यो व्यवस्था परिवर्तन गर्न प्रहरीले साथ दिए त्यही दिन प्रहरीको एक लाख तलब बनाउने घोषणा गरे ।
प्रसाईले २०४७ सालको संविधान लागू गर्नुपर्ने, संविधानलाई संशोधन गरी सबै पक्षलाई मान्य हुनेगरी अघि बढ्ने, बैंक,वित्तीय सहकारी बीमा कम्पनीहरूलाई तुरुन्त राष्ट्रियकरण गरी निक्षेपकर्ताको निक्षेपकलाई ध्यानमा राख्दै निक्षेपकर्ताको ब्याज ६ प्रतिशत भन्दा माथि नहुने गरी लघुवित्त र सहकारीका ऋणीहरूको २० लाख भन्दा मुनिको ऋण मिनाहा गरी विखण्डन भएको परिवार र घरबाट निकाली सुकुम्वासी बनाइ सडकमा पु¥याएका परिवारलाई एकै ठाउँमा बस्ने वातावरण मिलाउनुपर्ने, २० लाख भन्दा माथिको ऋणमा ४ देखि ५ प्रतिशत ब्याजमा दिनुपर्ने र उद्योग धन्दा कलकारखाना खोली नेपालबाट वैदेशिक रोजगारमा गएका नेपाली युवाहरूलाई नेपालमा नै स्वरोजगारको लागि ग्यारेन्टी गर्नुपर्ने लगायतका विषयमा जानकारी गराए ।
Image Source: © https://mulpatra.com
प्रसाईंले आफ्नो महाअभियानका बेरोजगार युवालाई बिना धितो ऋण उपलब्ध गराइ रोजगारी सिर्जना गर्नुपर्ने, नेपालमा जन्मिएर विश्वभर छरिएर रहेका नेपालीहरूले दोहोरो नागरिकता राख्न पाउनुपर्ने माग राखेका छन् ।



