Close

Recent Posts

पुर्व राजाले गतिविधि बढाउँदा एक ठाँउमा प्रमुख ३ दल

पुर्व राजाले गतिविधि बढाउँदा एक ठाँउमा प्रमुख ३ दल
  • २५ फाल्गुन २०८१, आईतवार १०:४९

काठमाडौं– पुर्वराजा ज्ञानेन्द्र शाह गतिविधि बढाउँदा प्रमुख दलका शीर्ष नेताहरू सशंकित भएका छन् । नेकपा माओवादी केन्द्रले त त्यसैलाई कारण देखाउँदै जारी ’जनतासँग माओवादी, तराई–मधेस जागरण अभियान’समेत अचानक रोकेको छ ।

mulpatra

फागुन १२ गते झापाको कचनकवलबाट सुरु गरेको अभियान शनिबार फागुन २४ गते रौतहटमा आइपुग्दा राजावादीहरू सक्रिय भएको भन्दै माओवादी केन्द्रले स्थगन गरेको हो। आज उसले पदाधिकारी बैठक राख्ने बताएको छ । अभियान स्थगन गर्नुअघि शनिबार रौतहटमा आयोजित सभामा माओवादी अध्यक्ष प्रचण्डले सत्तामा आउने इच्छा भएर पार्टी खोल्न र चुनाव लड्न पूर्वराजा शाहलाई सुझाव दिए । तर उनले जनमत संग्रहका बारेमा बोलेन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले चेतावनी दिँदै भने, ‘जनताले उदारतापूर्वक कारबाही गर्नुको सट्टा आरामसित बस्न दिएको हो । उदारतालाई राजाले कमजोरी ठानेको हो भने पार्टी खोलेर चुनाव लड्न आए हुन्छ । जबर्जस्ती गर्न खोजियो भने त्यो सह्य हुन्न ।’

mulpatra mulpatra mulpatra

यस्तै शनिबारै डोटीमा पत्रकार सम्मेलनमा कांग्रेस नेता एवं गृहमन्त्री रमेश लेखकले क्रान्तिबाट फालिएका राजा देशमै बसेको उदाहरण संसारमा कमै भएको उल्लेख गर्दै पूर्वराजा शाहलाई चेतावनी दिए । ‘क्रान्तिबाट फालिएका राजा त्यसै देशमा बसेको उदाहरण संसारमा कमै छ’, उनले भने, ‘देशभित्र उन्नत लोकतन्त्र भइरहेकाले पूर्वराजा ज्ञानेन्द्र नागरिकसरह नेपालमै बसेर अधिकार उपभोग गर्न पाइरहेका छन् ।’

यसअघि शुक्रबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले कर्णाली प्रदेशसभालाई सम्बोधन गर्दै राजावादीले अराजकता मच्चाइरहेको टिप्पणी गरेका थिए । ‘केही तत्त्वहरू प्रणाली, संविधान होइन, हाहुका भरमा, अराजकता मच्चाएर सत्ता कब्जा गर्न खोज्दै छन्। कुन प्रणाली ल्याउन खोजेको हो, स्पष्ट छैन । यो संविधान फालेर कुन संविधान ल्याउने? कस्तो संविधान ल्याउने? राणाशासनतिर फर्कने? पञ्चायततिर फर्कने? कता फर्किने? यो वा त्यो रूपमा जहानियाँ शासनतिर’ उनले भने।

यस्तै गत बिहीबार महोत्तरीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि अब राजतन्त्रको कुनै स्थान नभएको बताए । ‘राजाले सत्ता सम्हालेपछि नेताहरूलाई यातना दिने, थुन्ने, जेल हाल्ने अलोकतान्त्रिक हर्कत गरे। ज्यादती गरेपछि गणतन्त्र आयो’, उनले भने, ‘गणतन्त्र स्थापना हुनुमा राजा स्वयं कारण हुन् ।’

Image Source: © https://mulpatra.com

उनीहरूको अभिव्यक्ति हेर्दा राजतन्त्र तथा पूर्वराजाविरुद्ध सत्तापक्ष वा प्रतिपक्ष भए पनि प्रमुख तीन दल एकमत देखिएका छन्। र, राजावादीहरूको सक्रियता बढ्दै गए त्यसको प्रतिकार गर्न एक ठाउँमा उभिनेछन् ।