राजाको स्वागतमा जुट्न थाले राष्ट्रवादी, तीन लाख मान्छे सडकमा उत्रिने प्रसाईको दाबी
काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि उपत्यकाका सडकमा राष्ट्रवादी शक्तिहरुको चहलपहल सुरु भएको छ । राजाको स्वागतका लागि विभिन्न दल र संघ–संगठनहरु जुटेका छन् । जसमा सबैभन्दा महत्वका साथ दुर्गा प्रसाई नेतृत्वलाई पनि हेरिएको छ ।

पूर्वराजालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेर निर्मल निवाससम्म लगिने कार्यक्रम छ । यसबीचमा कुनै औपचारिक कार्यक्रम वा पूर्वराजाले सम्वोधन गर्ने घोषित तालिका भने छैन । नेपालमा राजतन्त्रहित हिन्दु राज्यका लागि राष्ट्रवादी शक्तिले आजसम्मकै ठुलो शक्ति प्रदर्शन गर्न लागेको नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले जानकारी दिए । आफुसहित कार्यकर्ताहरु पनि विमानस्थल जानेछन् र राजाको सम्मान गरेर फर्किने कार्यक्रम रहेको प्रसाईले बताए । आज राजाको सम्मानपछि आफनो आगामी दिनको रणनीति बन्ने र त्यसपछि नयाँ ढंगबाट बढ्ने हो ।’ उनले भने ।
आज राजा र राष्ट्रहितका लागि तीन मान्छे सडकमा उत्रिने उनको दाबी छ ।
![]() |
![]() |
![]() |
|---|
आज राप्रपा र राप्रपा नेपाल, शिवसेना नेपाल, राष्ट्र शक्ति नेपाल, नेवाः एकता तथा नागरिक समाज लगायत राजसंस्था समर्थक समूहहरु पनि प्रदर्शनमा छन् । यसमा प्रसाईका कार्यकर्ताले राष्ट्र झन्डा लिएर राजाको स्वागतमा जाने छन् । पूर्वराजा शाह ३ बजे त्रिभुवन विमानस्थलमा अवतरण हुने कार्यक्रम छ । विमानस्थल गेटमा अहिल्यैबाट कडाइ गर्न थालिएको छ ।
राजाको स्वागतमा जुट्दैछन् ।



