Close

Recent Posts

राजतन्त्र पुनःस्थापना हुन्छ, विश्वमा यस्तो इतिहास दोहोरिएको उदाहरण छ: प्रसाई

राजतन्त्र पुनःस्थापना हुन्छ, विश्वमा यस्तो इतिहास दोहोरिएको उदाहरण छ: प्रसाई
  • २५ फाल्गुन २०८१, आईतवार १५:४४

काठमाडौं– विश्वभरका ४३ देशमा राजा वा रानी राष्ट्रप्रमुख भएर काम गरिरहेका छन् । यी देश अहिले विकाशित छन् । भने शक्तिमा समेत आएका छन् । जसमध्ये १२ एशियामा, ११ युरोपमा, ९ अमेरिकामा, ६ ओसियानियामा र ३ अफ्रिकामा छन् । अहिले नेपालमा पनि राजतन्त पुनस्र्थापनाको चर्चा सुरु भएको छ ।

mulpatra

पछिल्ला केही दिनमा नेपालबाट ‘अपदस्त’ भइसकेको राजतन्त्र पुनःबहालीको सम्भावनालाई लिएर खुब बहस भएका छन् । ठाउँठाउँमा र्याली र सभामा समेत भइरहेका छन् । आज त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टबाट पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न उनका समर्थकहरूको भिडले समेत यसको चर्चा बढेको देखियो ।

नेपालमा ढिलोचाँडो राजतन्त्र फर्किने नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई दाबी गर्छन् ।
उनका अनुसार नेपालमा पनि राजतन्त्र आउने पक्का भयो । गणतन्त्रले देशलाई विकास दिसामा लैजान सकेको छैन । नेपालमा पनि सहजै तरिकाले राजतन्त्र फकाउन सकिने संयोजक प्रसाई बताउँछन् ।

mulpatra mulpatra mulpatra

उनका अनुसार विश्व इतिहासमा हेर्ने हो भने राजतन्त्र पुनस्र्थापना भएका देशले आधुनिक ढंगले विकास भएका छन् । जनताले राजतन्त्र रुचाएका पनि छन् । त्यही भएर विकासका लागि राजतन्त्र आवश्यक भएको नेपाली जनताले बुझेको उनको दाबी छ । ‘सडकदेखि सदनसम्म राजतन्त्र पुनःस्थापनाको विषयले चर्चा पाउन थालेको छ । गत फागुन ७ मा पुर्व राजा ज्ञानेन्द्र शाहले आफूलाई साथ दिन आह्वान गरेयता यस्ता घटनाले गति लिएको छ । यो सामान्य कुरा होइन ।’ उनले भने ।

राजाको नाम सुन्न नचाहाने सञ्चारमाध्यम पनि आज सडकमा आए । यसको अर्थ राजा आउने पक्का जस्तै भयो ।

विश्वमा राजतन्त्र पुनस्र्थापनाको इतिहास

Image Source: © https://mulpatra.com

इतिहासमा विभिन्न समयमा विश्वका कतिपय देशमा राजतन्त्र पुनस्र्थापित भएको पाइन्छ । इंग्ल्याण्डमा राजतन्त्र पुनस्र्थापना (१६६०) भएको छ । क्रोमवेलको मृत्युपछि राजनीतिक अस्थिरता बढ्दा सन् १६६० मा राजा चाल्र्स द्वितीयलाई पुनः सिंहासनमा ल्याइयो ।

फ्रान्समा बोर्बन वंशको पुनस्र्थापना (१८१४–१८३०) भएको थियो । सन् १८१४ मा नेपोलियन पराजित भएपछि राजा लुई १८ औंलाई गद्दीमा पुनस्र्थापित गरियो । सन् १८१५ मा नेपोलियनले पुनः सत्ता हात पार्न खोजे (१०० दिन), तर वाटरलू युद्धमा पराजित भएपछि राजतन्त्र पुनः स्थापित भयो ।

सन् १८६८ मा स्पेनको राजतन्त्र समाप्त भई गणतन्त्र स्थापना भएको थियो । तानाशाह फ्रान्सिस्को फ्राङ्कोको मृत्युपछि सन् १९७५ मा राजा जुआन कार्लोस प्रथमलाई पुनः गद्दीमा राखियो जसले स्पेनलाई लोकतन्त्रतर्फ लैजान महत्वपूर्ण भूमिका खेलेको थियो ।

यस्तै, कम्बोडियामा १९९३ मा संयुक्त राष्ट्रसंघको शान्ति प्रयासपछि राजा नोरोडोम सिहानुकलाई पुनः गद्दीमा ल्याइयो र संवैधानिक राजतन्त्र पुनस्र्थापित गरियो । नेपालमा पनि यी देशमा जस्तै राजतन्त्र पुनः आउने प्रसाईको दाबी छ ।