पूर्वराजा काठमाडौं आउँदा विमानस्थलमा राष्ट्रवादीको भिड, एक शब्द खर्चिएन
काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन् । पूर्वराजा शाह पोखरा विमानस्थलबाट चार्टर्ड विमानमार्फत् आइतबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं आएका हुन् ।

पूर्वराजा शाहको स्वागतमा विमानस्थलको गेटसम्म पुगेका छन् । प्रहरीले उनीहरूलाई विमानस्थल प्रवेशमा रोकेको छ । पूर्वराजाको स्वागतमा ठूलो संख्यामा समर्थकहरू विमानस्थल बाहिर जम्मा भएका छन् । तर, विमानस्थलभित्र भने सुनसान छ । प्रहरीले कसैलाई पनि पस्न दिएको छैन । राजाले जनताका लागि एक शब्द खर्चिनन् । उनले फुलको गुच्छा लिएर हात हल्लाउँर्दै बाहिरिए ।
पूर्वराजा शाहले प्रजातन्त्र दिवसका अवसरमा वक्तव्य जारी गर्दै साथ खोजेका थिए। राप्रपालगायत दलहरूले पूर्वराजाको वक्तव्यलाई समर्थन र स्वागत गरेका थिए । उक्त वक्तव्य दिएपछि पूर्वराजा शाह पहिलो पटक काठमाडौं आउँदा नागरिक बचाउ महाअभियान र राप्रपालगायतले स्वागत गरेका हुन् ।
![]() |
![]() |
![]() |
|---|



