Close

Recent Posts

राजालाई अहिलेको अवस्थामा ल्याउन लिङदेन–थापाभन्दा प्रसाईको भुमिका उच्च भएको विज्ञको विश्लेषण

राजालाई अहिलेको अवस्थामा ल्याउन लिङदेन–थापाभन्दा प्रसाईको भुमिका उच्च भएको विज्ञको विश्लेषण
  • २६ फाल्गुन २०८१, सोमबार १२:३९

काठमाडौं– केही दिनयता राजसंस्थाको माग गर्दै सडक आन्दोलन भइरहेको छ । राजावादी समूह पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनरागमन गराउनुपर्ने माग राख्दै कहिले सडक ¥याली त कहिले ‘विशाल’ जनप्रदर्शन भइसकेको छ । पछिल्लो समय राजसंस्थालाई यहाँसम्म कसको भुमिका कति छ भनेर पनि चर्चा सुरु भएको छ ।

mulpatra

पोखराबाट काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न सबैजसो राजावादी–हिन्दूवादी शक्तिहरू पहिलोपटक सँगै उभिएका छन् । तर राजाको पछिल्लो समयमा यस्तो माहोल बनाउन दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान ठुलो योगदान भएको अहिले यस क्षेत्रका विज्ञहरुको विश्लेषण छ ।

यसपटक राजतन्त्रको पक्षमा उभिएका नयाँ अनुसार भनेका दुर्गा प्रसाई मात्र हुन् । उनले दुई वर्षअधि राजालाई झापा लागेर यसको सुरुवात गरेका थिए । दलीय रूपमा राप्रपा र राप्रपा नेपालले साथ दिइरहेका छन् । तर उनीहरुभन्दा अरुको सहयोगमा अहिलेको अवस्थामा राजा संस्था आएको राजनीतिक विज्ञहरुको भनाइ छ ।

mulpatra mulpatra mulpatra

राजेन्द्र लिङदेन नेतृत्वको राप्रपा, कमल थापा नेतृत्वको राप्रपा नेपाल, अनिल बस्नेत नेतृत्वको शिव सेना नेपाल, लगायत शक्तिहरू ज्ञानेन्द्र शाहको स्वागतार्थ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे । चार पटक संसदीय व्यवस्थामा पुगेपनि उनीहरुले हिन्दुराज्य र राजासंस्थाको बारेमा आवाज उठाउन सकेन । उठाएपछि सत्ता स्वार्थका लागि मात्र बोेलेको उनीहरुको भनाइ छ ।

राजसंस्था पुनस्र्थापनाको आन्दोलनमा नयाँ शक्ति–संरचना थपिएपछि अहिलेको अवस्था सिर्जना भएको राजनीतिक वकालत गर्दै आएको युवराज संग्रौंलाको विश्लेषण छ ।

दुर्गा प्रसाईको महाअभियानपछि राजावादीहरुमा जनसमर्थन बढेको अनुमान उनको छ । ‘सत्तारुढ नेताहरु पनि गणतान्त्रिक प्रणालीले जनतामा आशा र भरोसा दिलाउन नसक्नुको परिणाम राजावादी गतिविधि बढेको हो । जसमा राम्रो समर्थन दुर्गा प्रसाईले पाएका छन् । भने उनले यो अवस्थामा राजसंस्थालाई ल्याउन सहयोग पनि गरे ।’ उनले भने ।

Image Source: © https://mulpatra.com

पूर्वराजाको आशय थियो– श्रीपेच सुरक्षित रूपले राख्न मात्र दिएको हुँ, फेरि सक्रिय हुन सक्छु । तर अहिले उनलाई नयाँ अनुहारको प्रवेशले यो सहयोग मिलेको अर्को राजनीतिक विलेशक जिवराम भण्डारी बताउँछन् । उनका अनुसार जस्तो– २०७४ देखि ०७७ सम्म राप्रपा र राजावादी गतिविधि तुलनात्मक कमजोर थियो । यसको कारण थियो, यो पार्टी कांग्रेस, एमाले र माओवादीसँग जान खोजेको उनले भताए । राप्रपाले अहिलेको अवस्थामा राजालाई ल्याउन खासै भुमिका देखिएन । तर दुई वर्षअघि प्रसाईले सक्रियता देखाएपछि तातियो उनको भनाइ छ ।

एमाले र माओवादीबीच तालमेल भएर बनेको वाम गठबन्धनले २०७४ को चुनावमा संसदीय संसदको दुई तिहाइ सिट जित्दा राप्रपाबाट राजेन्द्र लिङदेन एक्लैले जितेका थिए । एक्लो लिङदेनले संसदमा प्रश्न उठाउन त सक्थे, तर सत्ता समीकरणको भय तत्कालीन प्रधानमन्त्री केपी ओलीको भरमा उनी संसद्मा आएको पत्रकार राजेन्द्र बानिँया बताउँछन् । लिङदेन ओलीको भरमा चल्नुपथ्यो । अहिले पनि ओलीको सहयोगमा संसद जितेर आएका हुन् । थापा भने सत्ताका लागि दौडिए मात्र । तर दुर्गा प्रसाईले जे–जस्तो गरी राजाका पक्षमा माहोल बनाउन लागि परे । उनले सबै समस्यालाई झेल्दै यहाँसम्म आए ।’ उनले लिङदेनसँग हिजो गरेको अन्तरर्वार्तामा उनले बताएका छन् ।

दुवै राप्रपाले गणतन्त्र पक्षधर कांग्रेस, एमाले, मोआवादी केन्द्रको भरमा मात्र अघि बढे । यति बेला उनीहरु कसरी सत्तामा जान मात्र खोजे । राजतन्त्र र हिन्दु राज्यका नाममा देखाउन मात्र आवाज उठाए ।

१२ बुँदे पक्षधर दलहरुको बैठक राखेर चर्को राजावादीका रुपमा गतिविधि गरिरहेका दुर्गा प्रसाईं नेतृत्वको अभियानविरुद्ध काउण्टर गतिविधि र निर्णय समेत भएको थियो । तर पनि प्रसाईले आफनो महाअभियान छाडेनन् । उनी दुई पटक पक्राउ पर्दा समेत आफनो एजेन्डा नछाडि अघि बढेका थिए । जसमा एमालेका अध्यक्ष केपी ओलीको निर्देशनमा प्रसाई पक्राउ परेका थिए ।

पछिल्लो समय प्रसाई जहाँ पुग्छन् त्यहाँ हिन्दुराज्य र राष्ट्रवादीको समुह बढेको छ । उनी जहाँ पुग्छन् त्यहाँ स्वागत र बिदाइमा राजाको आवाज उठाएको समर्थकहरूको भीड लागेको देखिन्छ । जसका कारण पनि अहिलेको अवस्था स्यंम राजा आएको विज्ञको बुझाइ छ । राजाले पनि यस विषयमा अध्ययन गर्नुपर्ने उनीहरुको बुझाइ छ ।

गणतन्त्र पक्षधर कांग्रेस, एमाले, मोआवादी केन्द्र, एकीकृत समाजवादीदेखि नयाँ राजनीतिक शक्तिका रूपमा उदाएका रास्वपा, जनमत, नाउपा लगायत शक्तिभित्र समेत राजतन्त्रको पक्षमा आवाज भित्रभित्र उठाउन थालेका छन् । तर यो विषयमा यी पार्टीले खुलेर बोलेको छैन ।

२२ फागुनमा महोत्तरीमा आयोजित एक कार्यक्रमबाट प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्रलाई राजनीतिको रहर भए चुनाव जितेर आउन चुनौती दिएका थिए । तर उनको यस भनाइलाई जनताले विरोध गरेका छन् । साथै माओवादीले पनि यस्तै भाषा प्रयोग गरेको छ । भने कांग्रेसले त्यति चासो देखाएको छैन ।

पुर्वराजा शाह आइतबार काठमाडौं आउने तय भएसँगै राजसंस्थाप्रति आस्था राख्नेहरुले सडकमा निस्किन सामाजिक
सञ्जालमार्फत आह्वान गरेका थिए । जसमा सबैभन्दा बढी प्रसाईले प्रचार गरेका थिए । राष्ट्रवादी नेतासँगै कलाकार, अभियन्ताहरूले पनि सडकमा आउन आह्वान गरेका थिए । अहिले यसको त्रासमा सबै शीर्ष पार्टी छन् ।