राप्रपाकै कारण नेपालले राजसंस्था र हिन्दु अधिराज्य गुमाएको प्रसाईको आरोप

काठमाडौं– राजा फर्काउने अभियान चलाइरहेका नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले राजसंस्था जानुको सबैभन्दा ठुलो दोष राप्रपाको रहेको औंल्याएका छन् ।
हिजो सबैभन्दा ठुलो दोष, सबैभन्दा फ्रड काम गरेको राप्रपाकै भएको प्रसाईंले बताएका छन् । २०७२ असोज ४ कमल थापा र राजेन्द्र लिङ्देनले साइन गरेको थिएन भने न राजसंस्था जान्थ्यो न हिन्दु अधिराज्य जान्थ्यो । अहिले उनीहरु फेरी राजा र धर्मका नाममा आफुलाई बलियो बनाउन लागि परेको उनको आरोप छ ।
राप्रपाले राजसंस्थालाई खोलामा लगेर तिलाञ्जली दिएको तर अहिले माहौल बनेपछि धमिलो पानीमा माछा मार्न लागेको बताए । पुर्वराजा ज्ञानेन्द्र साहले सही व्यक्ति र पार्टीको पहिचान गर्ने बेला आएको धारण राखेका छन् ।
फागुन २५ गते राजाको फिर्ती सवारी हुँदा जनताले देखाएको साहानुभुतिको पनि उहाँ नजरअन्दाज गर्नुपर्ने प्रसाई आज भक्तपुरमा पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।
उनले केही दिनयता राजसंस्थाको माग गर्दै सडक आन्दोलन भइरहेको छ । राजावादी समूह पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनरागमन गराउनुपर्ने माग राख्दै कहिले सडक आउनु सामान्य विषय नभएको र राजाले यस ‘‘विशाल जनप्रदर्शन’लाई विषेश ध्यान दिनुपर्ने उनले माग राखेका छन् ।
केही दिन मौन बस्ने र त्यसपछि नयाँ तरिकाले जनताका समस्या उठान गर्ने समेत प्रसाईले पत्रकार सम्मेलनमा बताएका छन् । राजाको पछिल्लो समयमा यस्तो माहोल बनाउन दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान ठुलो योगदान भएको अहिले यस क्षेत्रका विज्ञहरुको विश्लेषण छ ।
यसपटक राजतन्त्रको पक्षमा उभिएका नयाँ अनुसार भनेका दुर्गा प्रसाई मात्र हुन् । उनले दुई वर्षअधि राजालाई झापा लागेर यसको सुरुवात गरेका थिए । दलीय रूपमा राप्रपा र राप्रपा नेपालले साथ दिइरहेका छन् । तर उनीहरुभन्दा अरुको सहयोगमा अहिलेको अवस्थामा राजा संस्था आएको राजनीतिक विज्ञहरुको भनाइ छ ।