ठुलै पार्टीले राप्रपाभन्दा राजसंस्था र हिन्दुराज्य फकाउन सक्ने हिम्मत प्रसाईमा देखे

ठुलै पार्टीले राप्रपाभन्दा राजसंस्था र हिन्दुराज्य फकाउन सक्ने हिम्मत प्रसाईमा देखे
  • २७ फाल्गुन २०८१, मंगलवार १५:३८

काठमाडौं– नागारिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाप्रति कटाक्ष गरेका छन् । उनले हिजो यीनैका कारण राजतन्त्र र हिन्दुराज्य गुमेको आरोप लगाए ।

mulpatra

पोखराबाट पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आउँदा आइतबार स्वागत भएको विषयलाई राप्रपा र राप्रपा नेपालले आफूहरूले मात्र जस लिन हल्ला चलाइरहेको प्रसाईंको आपत्ति जनाए । तर पछिल्लो समय प्रसाईको महाअभियानकै कारण राजाले यो स्थान पाएको सर्वसाधारणको बुझाइ छ । त्यति मात्र होइन । प्रसाईमा राजतन्त्र र राजसंस्था र हिन्दुराज्य फकाउन सक्ने क्षमता भएको कांग्रेस, एमाले र माओवादीका शीर्ष नेतामा त्रास पनि पैदा भएको छ ।

जसका कारण राप्रपाभन्दा प्रसाईमा राजसंस्था र हिन्दुराज्य फकाउन सक्ने क्षमता देखिएको एमालेका एक शीर्ष नेताले बताएका छन् । राप्रपाको क्षमता अहिलेको सरकारले देखेको छ । उनीहरु अहिलेको राजनीतिक दलसँग राजा र हिन्दुराज्य नाम बेचेर राजनीतिक गरिरहेको उनको बुझाइ छ ।

mulpatra mulpatra mulpatra

कांग्रेसका नेता चन्द्र भण्डारीका अनुसार राप्रपाले राजतन्त्र र हिन्दुराज्यका लागि केही गर्न सकेन । यो पार्टीबाट यसको आस गर्नु बेकार हुने उनले बताए । नागरिक बचाउ महाअभियानको नेतृत्व दुर्गा प्रसाईले चलाएपछि राजतन्त्र र हिन्दुराज्यको बेग्लै माहोल भएको उनले जानकारी दिए । प्रसाईकै कारण नेपालमा हिन्दुराज्य र राजतन्त्र फर्किन सक्छन् भन्ने त्रासमा ठुलै राजनीतिक दलमा देखिएको उनको दाबी छ ।

शीर्ष दल मात्र होइन । भारत, चीन, अमेरिका र युरोपजस्ता शक्ति राष्ट्रले पनि प्रसाईको महाअभियानका कारण अहिलेको राजतन्त्र र हिन्दुराज्यको माहोल बनेको बुझाइ छ । यसमा भित्र–भित्रै उनीहरुपनि अध्ययन र अनुसन्धानमा रहेको सरकारकै मन्त्रीहरु बताउँछन् ।

२०६५ जेठ १५ गते नेपालमा गणतन्त्र आएपछि पहिलो पटक गणतन्त्रवादीलाई हल्लाउन गरी प्रसाईले चलाएको महाअभियानकै समर्थकले राजाको स्वागतमा निस्किएको शीर्ष पार्टीका नेताहरुको बुझाइ छ । प्रसाईकै महाअभियानका कारण राजावादीमा भरोस र हिम्मत आएको समेत उनीहरुको भनाइ छ ।

Image Source: © https://mulpatra.com

भक्तपुरस्थित निवासमा मंगलबार पत्रकार सम्मेलन गर्दै प्रसाईंले ‘म संगत गर्दा राजाको गर्छु, आन्दोलन गर्नुपर्छ भने राजासँग मिलेर गर्छु । गोठालाहरूसँग सडकमा गएर नाटक देखाउँदिनँ,’ प्रसाईंले भने, ‘यो कुरा सबैलाई हेक्का रहोस्। म कसैको गोठालो होइन । राजाले पनि धैर्य भएर सोच्नुहोला । तपाईंले कलियुगमा दुर्गा प्रसाईंजत्तिको अर्जुन भेट्टाउनुहुन्न । तपाईंले सारथीहरू देखिसक्नुभयो। गणतन्त्रमा जाने भोज खाने, केपी शर्मा ओली, प्रचण्ड र शेरबहादुरसँग फोन गर्ने, माहोल बन्यो भनेदेखि परिहाल्छ कि भनेर ढोक्सा थाप्ने ।’ उनको प्रष्ट भनाइ छ ।

‘२०७२ मा संविधान ल्याउँदा राप्रपा भन्ने पार्टी, त्यसका अध्यक्ष कमल थापा र सांसद राजेन्द्र लिङ्देनले हस्ताक्षर गरेको थिएन भने नि न राजसंस्था जान्थ्यो न हिन्दु अधिराज्य जान्थ्यो भन्ने प्रसाईले आफनो भनाइ राखेकका छन् ।
‘राजसंस्था र हिन्दु अधिराज्यलाई खोलामा बगाएर समुन्द्रमा तिलाञ्जली दिने, अनि अहिले माहोल बनेपछि धमिलो पानीमा माछा मार्नलाई ए हामीले गरेको, काठमाडौं महानगरमा गएर पैसा तिरेर हामीले गरेको, अनि चैत १ गतेदेखि आन्दोलन सुरू गरिहालौं, दुर्गा प्रसाई आउनुप¥यो हामीसँग मिल्नुप¥यो । उहाँहरूले मलाई गोठालोजस्तो पो सम्झनुभएको छ ।’ उनले भने

राप्रपा र राप्रपा नेपालले सोमबार पदाधिकारी बैठक गरेर पूर्वराजाको स्वागत सफलतापूर्वक सकिएको र नवीन समझदारी गर्न दलहरूलाई अपिल गरेका थिए भने आन्दोलनका लागि संयुक्त मोर्चा बनाउन अपिल गरेका थिए।

‘२०७२ मा संविधान ल्याउँदा राप्रपा भन्ने पार्टी, त्यसका अध्यक्ष कमल थापा र सांसद राजेन्द्र लिङ्देनले हस्ताक्षर गरेको थिएन भने नि न जान्थ्यो,’ भक्तपुरस्थित निवासमा मंगलबार पत्रकार सम्मेलन गर्दै प्रसाईंले भने, ‘राजसंस्था र हिन्दु अधिराज्यलाई खोलामा बगाएर समुन्द्रमा तिलाञ्जली दिने, अनि अहिले माहोल बनेपछि धमिलो पानीमा माछा मार्नलाई ए हामीले गरेको, काठमाडौं महानगरमा गएर पैसा तिरेर हामीले गरेको, अनि चैत १ गतेदेखि आन्दोलन सुरू गरिहालौं, दुर्गा प्रसाई आउनुप¥यो हामीसँग मिल्नुप¥यो। उहाँहरूले मलाई गोठालोजस्तो पो सम्झनुभएको छ।’

गणतन्त्र आएपछि राप्रपा पटक–पटक सरकारमा गएको थियो। पछिल्लो पटक २०७९ को चुनावपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ नेतृत्वमा सरकार बन्दा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जा मन्त्री बनेका थिए । तर राजतन्त्र र हिन्दुराज्यका लागि आवाज उठाउन नसकेको प्रसाईको आरोप छ ।