Close

Recent Posts

संसद्बाट राप्रपाको जवाफ– २५ गतेको भिड ‘ट्रायल’ मात्रै हो, लुक्ने ठाउँ खोज्दै गर्नू

संसद्बाट राप्रपाको जवाफ– २५ गतेको भिड ‘ट्रायल’ मात्रै हो, लुक्ने ठाउँ खोज्दै गर्नू
  • २७ फाल्गुन २०८१, मंगलवार १४:०७

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद रोशन कार्कीले गत २५ फागुनमा काठमाडौंमा पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा देखिएको भिड ‘ट्रायल’ मात्रै भएको बताएकी छिन् । मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्ने क्रममा उनले अरु ७३ जिल्लाका मान्छे यसैगरी उत्रिएको खण्डमा गणतन्त्रका नेताहरूलाई लुक्ने ठाउँ समेत नहुने बताइन् ।

‘एक जना मित्रले के भन्नुभयो भने राजाको जयजयकार गरेको र नेताहरू जिल्लामा जाँदा मुर्दावाद भनेको उहाँले सुन्नुभएको थिएन होला,’ कार्कीले भनिन्, ‘मित्र यो त ट्रायल मात्रै हो । अरु जिल्लाका मान्छे थपिए, अर ७३ जिल्लाका मान्छे थपिए भने त्यो देखेर नआत्तिनुहोला ।’ उनले त्यतिबेला लुक्ने ठाउँ अहिले नै खोजेर बस्न समेत आग्रह गरिन् । ‘लुक्ने ठाउँ अहिले नै खोजेर बस्नुहोला,’ कार्कीको आग्रह छ ।

वर्तमान सरकारको नालायकीका कारण २५ गतेको भिड जन्मिएको उनको भनाइ छ । ‘सबै नागरिकको अधिकार छ, नागरिकले आफ्ना कुरा राख्न पाउँछन् । २५ गतेको जुन भिड थियो, यो नालायक सरकारले जन्माएको भिड हो । तपाईंहरू जति सरकारमा बस्नहुन्छ यो भिड अझै बढ्दै जान्छ,’ उनले भनिन् ।